२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सामसङ इन्स्टा फाईनान्स अब अझ सिजलो


सञ्चार डबली
  • सोमबार, जेठ २६ २०८२
  • 6.3K
    SHARES

  • images
    सामसङ इन्स्टा फाईनान्स अब अझ सिजलो

    काठमाडाैं। सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि अप्लाएन्स फाइनान्स सेवालाई अझ सहज र पहुँचयोग्य बनाएको छ। अब यो सेवा लिनको लागि ग्राहकको नागरिकता प्रमाणपत्र मात्र पर्याप्त हुने गरी नयाँ सुविधा घोषणा गरिएको छ।

    पहिले टभीको लागि मात्र एक कागजातमा फाइनान्स प्रक्रिया सम्भव भयो भने, होम अप्लायन्सहरूका लागि थप कागजात आवश्यक पर्ने अवस्था थयो। तर अबदेखि यो सुविधा सबै सामसङ होम अप्लाएन्सहरूमा पनि लागू गरिएको छ।

    अब ग्राहकहरूले नयाँ टभी वा होम अप्लाएन्स मात्र आफ्नो र ग्यारेन्टरको नागरिकता प्रमाणपत्र र २-२ वटा पासपोट साइजको फोटो लिएर, फारम बुझाएको एक घण्टा भित्रै घर लैजान सक्नेछन्।

    यो सेवा २०८२ जेष्ठ १९ गते बाट लागू भएको हो, र ३० % डाउनपेमेन्ट गरेपछि, १२ महिनाको किस्तामा ०% ब्याजदरमा उपलब्ध हुनेछ। सेवा ३०,००० वा त्यो भन्दा बढी मल्यू भएका सामसङ टभी र होम अप्लाएन्सहरूमा मात्र लागू हुनेछ।

    सामसङको नवीनतम प्रविधि अब नेपाली ग्राहकहरूको पहुँचमा ल्याउने उद्देश्यले सुरु गरिएको यो योजना हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालन गरिएको हो।

    सामसङ इनस्टा फाइनान्स हिम इलेक्ट्रोनिक्स प्रा. लि. र त्रिवेणी व्यापार प्रा.लि. ले वितरित गरिरहेका देशभर रहेका २००+ अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend