२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाबीच सीप विकास प्रवर्द्धन गर्न SEEP मेला आयोजनामा सहकार्य


सञ्चार डबली
  • शुक्रबार, जेठ २३ २०८२
  • 6.1K
    SHARES

  • images
    एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाबीच सीप विकास प्रवर्द्धन गर्न SEEP मेला आयोजनामा सहकार्य

    शुक्रबार, २३ जेठ २०८२

    काठमाडौं । एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाबीच सीप विकास प्रवर्द्धन गर्न सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा हस्ताक्षरको कार्यक्रम फेयर म्यानेजमेन्ट कमिटीको तर्फबाट गतिशील अभियान नेपालको संयोजनमा सम्पन्न भएको थियो।

    आयोजकको तर्फबाट रामजी पौडेलले हस्ताक्षर गरे भने एमएडब्लू इन्टरप्राइजेजका तर्फबाट एमएडब्लू अर्थमुभर्स प्रा.लि. का सीईओ तेजप्रसाद सुवेदी र एमएडब्लू स्किल्स एकेडेमी प्रा.लिका सीईओ महेश बिष्टले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

    जसअनुसार दुवै पक्ष मिलेर काठमाडौंको टुँडिखेलमा जनशक्तीको निर्माण र विकासमा केन्द्रित एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाबीच सीप विकास प्रवर्द्धन गर्न SEEP मेला आयोजना गर्नेछन्। यो सहकार्यको मुख्य उद्देश्य सीपमूलक व्यवसायिक तालिमको प्रबर्धन गर्दै रोजगारीको अवसर सृजना गर्नु रहेको बताइएको छ ।

    महानगरले यही जेठ ७ देखि टुँडिखेलमा जारी SEEP (Skill and Employment Enhancement Program) मेलाले विभिन्न १० वटा प्रमुख क्षेत्र अन्तर्गत ३७ प्रकारका पेशागत सीप सम्बन्धी तालिमहरू दिइरहेको छ। मेलाद्वारा युवाहरुलाई गुणस्तरीय रोजगारीतर्फ उन्मुख गराउने गरी व्यवहारिक तालिममार्फत आवश्यक ज्ञान र सीप सिकाउने अवसर सिर्जना गरिएको हो । साथै, यसले उद्योगहरूलाई आवश्यक जनशक्ति भित्र्याउने क्षमता बढाउन पनि मद्दत पुर्‍याउने छ।

    यो साझेदारीले दुवै पक्षको आपसी सम्बन्ध र दिगो विकास लक्ष्य (SDGs) प्रतिको प्रतिवद्धता देखाउँने विस्वास गरिएको छ । विशेष गरी मर्यादित रोजगारी र आर्थिक वृद्धि सम्बन्धी लक्ष्यप्रति SEEP मेलाले नेपालमा आत्मनिर्भर र दक्ष जनशक्ति तयार पार्नका लागि विभिन्न सीप विकास कार्यक्रम र श्रम बजारको वास्तविक आवश्यकताबीचको दूरी घटाउने लक्ष्य लिएको छ।

    SEEP मेला प्रशिक्षण प्रदायक, रोजगारदाता र काम खोज्नेहरूलाई जोड्ने एउटा महत्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ। मेलाले सबै पक्षलाई एउटै थलोमा ल्याएर काठमाडौं महानगरपालिकाको लक्ष्यअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको आवश्यकता पूरा गर्न सक्षम र आत्मनिर्भर श्रमशक्ति निर्माणमा टेवा पुर्‍याउनेछ।

    यस सहकार्यबाट एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाले सार्वजनिक-निजी साझेदारीलाई सशक्त बनाउने, बेरोजगारी घटाउने र नेपालभित्रै जीवनस्तर सुधार गर्ने लक्ष्य लिएका छन्।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend