२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

पर्यटन विकासमा निजी क्षेत्रको लगानी आवश्यक छ : मन्त्री पाण्डे


सञ्चार डबली
  • शुक्रबार, जेठ २३ २०८२
  • 5.9K
    SHARES

  • पर्यटन विकासमा निजी क्षेत्रको लगानी आवश्यक छ : मन्त्री पाण्डे

    कास्की, जेठ २३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् । 

    पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) पोखराको बिहीबार पोखरामा भएको सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन उद्घाटन कार्यक्रममा मन्त्री पाण्डेले निजी क्षेत्रको लगानीका कारण पर्यटन क्षेत्र समृद्ध हुँदै गएको बताए । 

    पर्वतको कुश्मामा बञ्जीजम्प बनेपछि त्यहाँ दैनिक एक हजार व्यक्ति दैनिक अवलोकनका लागि पुग्ने गरेका उल्लेख गर्दै उनले भने– “कुश्मामा बञ्जीजम्प बन्नु अघि कसैले पनि हेर्दैनथे । अहिले एउटा बञ्जीजम्प र अरु संचरना बनेपछि उल्लेख्य सङ्ख्यामा पर्यटक त्यहाँ पुग्छन् । त्यसैले निजी क्षेत्र अग्रसर नभईकन पर्यटन क्षेत्र अगाडि बढ्न सक्दैन ।”

    लगानी गर्न चाहने निजी क्षेत्रलाई गलत नजरबाट नहेर्न मन्त्री पाण्डेले आग्रह गरे । “निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानीका लागि निम्तो दिनुपर्छ । हामीले केही कुरामा ध्यान भने दिनुपर्छ”, उनले भने, “सरकारले कर छली नगर्ने कानुन बनाउनुपर्छ, निजी क्षेत्रले श्रमको शोषण गर्न पाइँदैन र उपभोक्तालाई अत्यधिक ठगी गर्न पाइँदैन ।”

    कार्यक्रममा मन्त्री पाण्डेले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार पर्यटन भएको बताए। यसको विकास र प्रवर्द्धनका लागि समन्वयात्मक ढङ्गले अघि बढ्नुपर्नेमा उनको जोड थियो । मन्त्री पाण्डेले हिमालसँगै पर्यटकीय क्षेत्रको ब्रान्डिङ र प्रचारप्रसारका लागि नीतिगत रूपमा अघि बढ्नुपर्नेमा जोड दिए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend