२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

डा. शेखर कोइरालाको आरोप: ‘नेपाली कांग्रेस नै अहिले हुकुमी शैलीमा चलिरहेको छ’


सञ्चार डबली
  • बुधबार, साउन ६ २०८३
  • 2.2K
    SHARES

  • डा. शेखर कोइरालाको आरोप: ‘नेपाली कांग्रेस नै अहिले हुकुमी शैलीमा चलिरहेको छ’

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी अहिले निरङ्कुशता र हुकुमी शासन शैलीमा चलिरहेको आरोप लगाएका छन् ।

    बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसभित्र पछिल्लो समय लोकतान्त्रिक मूल्य र मान्यता कमजोर बन्दै गएको बताएका हुन् ।

    ‘कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ,’ उनले भने, ‘नेपाली कांग्रेसको जन्म निरंकुशताको अन्त्यका लागि भएको हो । तर अहिले नेपाली कांग्रेस नै हुकुमी शैलीमा चलेको महसुस भइरहेको छ।’

    कोइरालाले वर्तमान सभापति गगन थापा पक्षलाई बीपी कोइरालाको विचार स्मरण गर्दै व्यक्तिवाद र स्वार्थीपन त्याग्न आग्रह गरेका छन् । उनले पार्टीभित्र निर्णय प्रक्रिया लोकतान्त्रिक हुनुपर्नेमा जोड दिएका छन् ।

    उनले वडा अध्यक्षहरूलाई बिना स्पष्टीकरण सदस्यता अद्यावधिक नगरेको भन्दै हटाइएको विषय स्वीकार्य नहुने बताएका छन् । पार्टीको एकता कायम राख्न सभापति गगन थापाले अग्रसरता लिनुपर्ने उनको भनाइ थियो ।

    कोइरालाले कांग्रेसलाई बलियो बनाउन सबै पक्षबीच संवाद र सहकार्य आवश्यक रहेको समेत बताएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend