२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

काठमाडौं आइपुग्यो फरथिङ फ्राइडे, मूल्य कति?


सञ्चार डबली
  • सोमबार, जेठ १२ २०८२
  • 7.4K
    SHARES

  • images
    काठमाडौं आइपुग्यो फरथिङ फ्राइडे, मूल्य कति?

    काठमाडौं, जेठ १२ । डोङफेङ ब्रान्डको फरथिङ फ्राइडे नेपाल भित्रिएको छ। फरथिङ फ्राइडे लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई-मोबिलिटीले नेपाल ल्याएको हो। 

    फरथिङ फ्राइडे एसयूभीमा ६४.४ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याक दिइएको छ। यसमा ९९ किलोवाटको मोटर जडान गरिएको छ। डोङफेङमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ। 

    ब्याट्रीलाई ११ किलोवाटको एसी चार्जर र १२० किलोवाटसम्मको डिसी चार्जरले चार्ज गर्न सकिन्छ। उक्त ब्याट्री प्याकलाई ११ किलोवाटको एसी चार्जरले ५.५ घन्टामा फुल चार्ज गर्ने कम्पनीले जनाएको छ। त्यस्तै, १२० किलोवाट आवरको डीसी फास्ट चार्जरले ३५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

    gadi-(4)-1748255581.jpg
    फरथिङ फ्राइडेको लम्बाइ ४६०० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६८० एमएम छ। यसको ह्वीलवेस २७१५ एमएम छ। प्रिमियम लाग्ने एसयूभीमा १९ इन्च ठूलो ह्वील पाउन सकिन्छ।

    फरथिङ फ्राइडेमा भेन्टिलेटेड, हिटेड, मसाज र मेमोरी सिट उपलब्ध गराएको छ। ८.८ इन्चको एलसिडी इन्स्ट्रुमेन्ट क्लस्टर, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिक टेलगेट, वायरलेस फोन चार्जर, प्यानारोमिक सनरुफ, मल्टी ड्राइभ मोड र ६स्पीकर सहितको म्युजिक सिस्टम लगायत फिचर यसमा पाउन सकिन्छ।

    gadi-(2)-1748255581.jpg
    सुरक्षाका लागि यसमा एडास फिचरसहित ६ वटा एयरब्याग, एबीएस, इबीडी, सीबीडी, एचबीए, इबीए, बीए, एएसआर, टीसीएस, टीआरसी, इएसपी, अटोमेटिक पार्किङ, टायर प्रेसर मोनिटरिङ सिस्टम, ३६० डिग्री क्यामेरा, फ्रन्ट/रियर पार्किङ राडार, एडाप्टिभ क्रुज कन्ट्रोल अपहिल÷डाउनहिल असिस्टलगायत विशेषता छन्।

    दुई भेरियन्टमा उपलब्ध फरथिङ फ्राइडेको सुरुआती मूल्य ५७ लाख हाराहारी हुने कम्पनीले बताएको छ।

    gadi-(1)-1748255581.jpg

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend