२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अग्नि ग्रुपले भित्र्यायो श्रेणीमै उत्कृष्ट १.७ टन भार क्षमताको ‘महिन्द्रा बोलेरो पिक–अप’


सञ्चार डबली
  • सोमबार, जेठ १२ २०८२
  • 6.0K
    SHARES

  • images
    अग्नि ग्रुपले भित्र्यायो श्रेणीमै उत्कृष्ट १.७ टन भार क्षमताको ‘महिन्द्रा बोलेरो पिक–अप’

    सोमबार, १२ जेठ २०८२

    काठमाडौं । नेपालका लागि  महिन्द्राको युटिलिटी गाडीहरूको आधिकारिक वितरक अग्नि इन्करपोरेटेड प्रालिले नेपालमै पहिलो श्रेणीमा उत्कृष्ट १.७ टन भार क्षमता भएको नयाँ ‘महिन्द्रा बोलेरो पिक–अप फ्ल्याटबेड १.७टी’ सार्वजनिक गरेको छ ।

    काठमाडौं गैरीधारा, पोखरा, वीरगञ्ज, चितवन विराटनगरको महिन्द्रा शोरुममा आइतबार औपचारिक सार्वजनिकीकरण समारोह (लन्च इभेन्ट) मार्फत एकैसाथ नयाँ पिक–अप सार्वजनिक गरिएको हो ।

    महिन्द्रा बोलेरो १.७टीले उत्कृष्ट ड्युरेबिलिटी (टिकाउपन) र पर्फर्मेन्सका लागि नेपाल लगायत विश्व बजारमा परिचित रहेको बोलेरो ब्रान्डको विरासतलाई निरन्तरता दिएको कम्पनीको भनाइ छ ।

    नयाँ  १.७टी भेरिएन्ट, नेपालमा अझ बलियो र अझ बढी क्षमतायुक्त युटिलिटी गाडीको बढ्दो माग ध्यानमा राख्दै निर्माण गरिएको पिक–अप हो ।

    महिन्द्रा बोलेरो पिक–अप १.७टीले नेपालमा व्यावसायिक तथा युटिलिटी सवारी क्षेत्रमा एक नयाँ स्तर निर्धारण गरेको छ भने हरेक व्यवसायीलाई हरेक किसिमको रोडमा साथ दिने प्रतिबद्धता गरेको छ ।

    ६३ बीएचपीको पावर र १९५ न्युटन मिटरको टर्क दिने २.५ लिटरको ‘एमटु–डीआई–सीआर’ डिजेल इन्जिन रहेको नयाँ महिन्द्रा बोलेरो पिक–अप १.७टी उत्कृष्ट पर्फर्मेन्स र युटिलिटिका लागि विभिन्न विशेषताले भरिपूर्ण रहेको छ । यसमा ९ फिट लामो कार्गोबेड, बलियो डबल बेयरिङ एक्जिल र ९ पाता भएको स्प्रिङ सस्पेन्सनले गर्दा यसले भारी लोडमा पनि अटल पर्फर्मेन्स सुनिश्चित गर्दछ ।

    साथै, श्रेणीमा उत्कृष्ट माइलेजले गर्दा उत्कृष्ट पर्फमेन्ससँगै राम्रो इन्धन–कुशलता (फ्युल–इफिसिएन्सी) पनि सुनिश्चित गर्दछ । यसका साथै इन्टेरियरमा आराम र सहजताका लागि फराकिलो को–ड्राइभर सिट, ड्राइभरका लागि रिक्लाइनर सिट र हेडरेस्ट आदि विशेषता समावेश छन् ।

    महिन्द्रा बोलेरो पिक–अप १.७टी नेपाली ग्राहकका लागि रु.२५,६५,००० (१५ लाख ६५ हजार) को विशेष लन्च मूल्यमा उपलब्ध छ । अग्नि ग्रुपले ग्राहकहरूका लागि नयाँ पिक–अप खरिद गर्न अझ सजिलो बनाउँदै अग्नि ग्रुप अन्तर्गतकै कम्पनि अग्नि हायर पर्चेजमार्फत सहज वित्तीय सुविधा उपलब्ध गराएको छ ।

    यस अन्तर्गत ७० % सम्म फाइनान्सिङ (सर्तहरू लागु), १ दिनमै छिटो कर्जा निर्णय, ९.९९% को प्रतिस्पर्धात्मक ब्याजदर (२०८२ असार महिनाको अन्त्यअघि खरिद वा बुकिङ गर्नेहरूको लागि), शून्य प्रोसेसिङ शुल्क तथा सहज कागजात प्रक्रिया आदिको लाभ लिई सजिलै पिक–अप खरिद गर्न सकिनेछ ।

    वित्तीय सुविधामा स्वरोजगार (सेल्फ–इम्प्लोयड) नेपालीहरूलाई विशेष प्राथमिकता दिइनेछ । त्यसैगरी, अग्नि ग्रुप अन्तर्गतको कम्पनी अग्नि आस्था प्रालिमार्फत ग्राहकले उत्कृष्ट मूल्याङ्कनसहित र झञ्झटमुक्त प्रक्रियामा आफ्नो पुरानो गाडीसँग नयाँ महिन्द्रा बोलेरो पिक–अप  १.७टी एक्सचेन्ज गर्न सक्नेछन् ।

    महिन्द्रा बोलेरो पिकअप, व्यावसायिक सवारी अन्तर्गत नेपालकै बेस्ट-सेलिङ पिक-अप (नम्बर एक पिक-अप)को रूपमा स्थापित छ । वर्षौँदेखि नेपाली ग्राहकहरूको विश्वास जित्न सफल, अग्नि ग्रुपले, अधिक भार क्षमता, बलियो गुणस्तर, र लागतप्रभावी रहेको नयाँ १.७टी भेरियन्ट सार्वजनिक गर्दै व्यावसायिक सवारीको क्षेत्रमा एक नयाँ मापदण्ड तय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend