आइतवार, जेठ ११ २०८२
काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा। लि।ले धनगढीमा पल्सर N125 को बहुप्रतीक्षित सार्वजनिक कार्यक्रम आयोजना गर्दैछ।
बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित छ, र यसपटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ पल्सर N125 को लन्च संगीतमय साँझ मार्फत गरिँदैछ।
जेठ १२ गते साँझ ६ः३० बजेदेखि खुल्ला मञ्च, नैनदेवी रोड, धनगढीमा हुन गईरहेको यस कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ। कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल र चक्र बमको लाइभ प्रस्तुति रहनेछ। कार्यक्रमको सञ्चालन एम्सी अनु मानन्धरले गर्नेछिन् ।
कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर N125 हो, जसमा १२४.५८cc एयर-कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले ८.८२ kW पावर र ११ Nm टर्क उत्पादन गर्दछ। यो 125cc सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो।
हंसराज हुलासचन्द एण्ड कम्पनीका मार्केटिङ प्रमुख अमितराज चालिसेले भने, “N125 लाई धनगढीमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ ।”



