२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

शेयर बजारमा बीमा कम्पनीहरु लगानी बढाउँदै, जीवन बीमाको बढी लगानी


सञ्चार डबली
  • आइतबार, जेठ ११ २०८२
  • 6.5K
    SHARES

  • images
    शेयर बजारमा बीमा कम्पनीहरु लगानी बढाउँदै, जीवन बीमाको बढी लगानी

     


    काठमाडौ । शेयर बजारमा बीमा कम्पनीहरुले आफनो लगानी दोब्बरले बढाएका छन् ।चैत मसान्तसम्म आइपुग्दा नेप्सेमा सूचीकृत २४ बिमा कम्पनीहरुले सूचीकृत कम्पनीहरुको शेयरमा मात्रै ३५ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ लगानी गरेका छन् ।

    यो रकम अघिल्लो वर्षको यसै अवधिको तुलनामा ११४.७६ प्रतिशत बढी हो ।अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीहरुले सूचीकृत कम्पनीहरुको सेयरमा १६ अर्ब ५१ करोड ५१ लख रुपैयाँ लगानी गरेका थिए ।

    १ वर्षको अवधिमा बीमा कम्पनीहरुको दोस्रो बजारमा लगानी १८ अर्ब ९५ करोड ३३ लाख रुपैयाँले बढेको हो ।सूचीकृत शेयर लगानीमा निर्जीवनभन्दा जीवन बीमा कम्पनीहरुको बढी लगानी देखिएको छ ।

    निर्जीवन बिमा कम्पनीहरुले सेयर बजारमा ४ अर्ब ५४ करोड र जीवन बीमा कम्पनीहरुले ३० अर्ब ९१ करोड ९८ लाख रुपैयाँ लगानी गरेका छन् ।एक वर्षको अवधिमा निर्जीवन बिमा कम्पनीहरुको शेयर बजारमा लगानी २७.२१ प्रतिशतले बढेको हो ।

    अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीहरुले ३ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ लगानी गरेका थिए ।सबैभन्दा धेरै शेयर बजारमा लगानी गर्नेमा राष्ट्रिय बिमा कम्पनी रहेको छ । यसको सेयरमा लगानी७९ करोड ४१ लख रुपैयाँ छ । यस्तै जीवन बीमातर्फसबैभन्दा धेरै सूचीकृत कम्पनीको सेयरमा लगानी गर्नेमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ ।

    एक वर्षमा यसको लगानी २७५.५३ प्रतिशतले बढेर १० अर्ब ६३ करोड ८९ लाख रुपैयाँ रहेको छ । नेपालको शेयर बजारमा बीमा कम्पनीहरु ठूला संस्थागत लगानीकर्ता हुन् ।

    बिमा कम्पनीहरुले कुल लगानीयोग्य रकमबाट अधिकतम १० प्रतिशत सूचीकृत कम्पनीहरुको शेयरमा लगानी गर्न पाउने नियामकीय व्यवस्था छ । सोहीअनुसार बीमा कम्पनीहरुले लगानी गर्दै आइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend