२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल फाइनान्सको करिब ११ लाख कित्ता सेयर बिक्रीमा


सञ्चार डबली
  • आइतबार, जेठ ११ २०८२
  • 7.3K
    SHARES

  • images
    नेपाल फाइनान्सको करिब ११ लाख कित्ता सेयर बिक्रीमा

    नेपाल फाइनान्सले करिब ११ लाख कित्ता सेयर बिक्रीमा राखेको छ। कम्पनीले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री खुला गरेकोमा त्यतिबेला बिक्री नभएको सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। संस्थापक समूहको १० लाख ९० हजार ३७१.१८७ कित्ता सेयर आज जेठ ११ गतेबाट इच्छुक व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेगरी बिक्रीमा राखिएको छ ।

    यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। सेयर खरिदका लागि असार १ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ।

    इच्छुक व्यक्ति तथा संस्थाले धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौं कमलादीस्थित कार्यालयका साथै नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादी, शाखाहरु बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा र प्रभु बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीमा बोलपत्र पेस गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend