२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रिलायबल नेपाल लाइफद्धारा घातक रोग वापत रु २० लाख बीमा दाबी भुक्तानी


सञ्चार डबली
  • शुक्रबार, जेठ ९ २०८२
  • 6.3K
    SHARES

  • images
    रिलायबल नेपाल लाइफद्धारा घातक रोग वापत रु २० लाख बीमा दाबी भुक्तानी

    ९ जेष्ठ २०८२, शुक्रबार

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भरतपुर–३ का महेश बानीयालाई घातक रोग बीमा अन्तर्गत २० लाख बीमा दाबी रकम हस्तान्तरण गरेको छ।

    महेशले २०७७ साल चैत्रमा हाकिमचोक शाखाबाट १५ वर्षे बीमा योजना खरिद गरेर तीन किस्ता बीमाशुल्क तिरेका थिए। २०८० सालमा स्वास्थ्य परीक्षण गर्दा उनको कलेजोमा समस्या देखिएकोमा उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा लगिएको थियो। त्यहाँ डाक्टरको सल्लाह बमोजिम नै गत १५ गते कलेजो प्रत्यारोपण गरिएको थियो।

    कलेजो प्रत्यारोपण महँगो उपचार प्रक्रिया भएकाले करिब ४० लाखसम्म खर्च लाग्छ। बीमा कम्पनीलाई समयमै जानकारी दिएकाले आवश्यक प्रक्रिया पूरा गरी कम्पनीले महेशलाई छोटो समयमै बीमा रकम उपलब्ध गराएको हो।

    कम्पनीले हाकिमचोक शाखामै एक कार्यक्रमको आयोजना गरेर बीमित बानियालाई दाबी भुक्तानी दिएको हो। उनलाई शाखा प्रमुख राजकुमार दाहालले चेक हस्तान्तरण गरेका थिए।

    सो कार्यक्रममा बोल्दै बीमीत महेश बानीयांले यस दुःखद समयमा बीमा कम्पनीले आफुलाई दिएको साथ र सहयोगको प्रशंसा गर्दै बजारमा रहेका बीमा दाबी भुक्तानी तथा प्रकृया सम्बन्धी सम्पुर्ण हल्लाहरु निराधार साबित भएको समेत बताउनुभयो । ‘आफुलाई जीबन बीमा गराउनका लागी सहि समयमा नै प्रस्ताव गर्नुहुने बीमा अभिकर्ता श्री सरस्वती गौतमलाई बिशेष धन्यवाद दिंदै भोलीका दिनमा आफु जस्तै समस्यामा पर्नसक्ने सबैलाई बीमाको दायरामा ल्याउनका निमित्त लागी पर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।

    कार्यक्रममा बीमा अभिकर्ता सरस्वती गौतम, वरिष्ठ एजेन्सी म्यानेजरहरू मनोज चौलागाईँ, विष्णुकुमारी कुँवर, समिता दराई, तारा कुमाल, एमडीआरटी जानकी शाह श्रेष्ठ लगायत अन्य कर्मचारी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend