२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आर्थिक संकटबारे सरकारसँग सहकार्य गरेर समाधान गर्ने पहल गर्छु–अध्यक्ष ढकाल


सञ्चार डबली
  • आइतबार, वैशाख ३ २०८०
  • 10.6K
    SHARES

  • images
    आर्थिक संकटबारे सरकारसँग सहकार्य गरेर समाधान गर्ने पहल गर्छु–अध्यक्ष ढकाल


    काठमाडौं,वैशाख ३ गते । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पद बहाली ग्रहण गरेका छन् । आइतबार टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा अध्यक्ष पदको पद बहाली ग्रहण गरेका हुन् । महासंघको वरिष्ठ उपाध्यक्षमा रहेका ढकाल महासंघको विधान अनुसार स्वतः अध्यक्ष भएका हुन् ।

    ढकालले गत बिहीबार निवर्तमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । ढकालले गत बिहीबार नै पद तथा गोपनीयताको शपथ लिए पनि आइतबार मात्रै अध्यक्षको पद बहाली गरेका हुन् ।

    नवनिर्वाचित अध्यक्ष चन्द्र ढकालले साना व्यवसायीले पनि महासंघको नेतृत्व गर्नसक्छ भन्ने उदारण आफैँ भएको बताएका छन् । उनले नागरिकको अपेक्षा र सरकारको प्राथमिकतामा परेको कामलाई व्यवसायको रुपमा काम गर्दा सफल हुने जिकिर गरेका छन् ।

    । अध्यक्ष ढकालले सानो व्यवसाय पनि इमान्दारिताका साथ काम गर्दै जाँदा सानो व्यवसायीले पनि महासंघमा पुग्न सक्ने बताएका छन् । उनले कतिपय व्यवसायीहरूलाई महासंघमा आफ्नो प्रतिनिधित्व हुँदैन भन्ने चिन्तामा रहेको भन्दै आफू सानो व्यवसायबाट नेतृत्वमा आएकाले सानो व्यवसायीहरूको महासंघमा प्रतिनिधित्व गराउने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

    ‘उनले भने, मुलुकमा वर्तमान अवस्था देखिएको आर्थिक संकट छ । अर्थतन्त्रको समस्याको समाधान कसरी गर्ने कसरी संकट बाहिर आउने विषयमा सरकारसँग सहकार्य गरेर समाधान गर्ने पहल गर्छु । उद्योग व्यवसायमा आन्तरिक तथा वैदेशिक लगानीको वातावरण बनाउन सकिँदैन तबसम्म व्यावसायिक गतिविधिहरू बढ्न सक्दैनन्,’ उनले भने, ‘त्यसैले सरोकारवाल पक्षहरू सरकार,नियमनकारी निकायसँग निजी क्षेत्रको तर्फबाट पहल गर्ने तयारी छ । सरकार र नीजी क्षेत्रबीच साझेदारी गर्‍यो भने मात्रै व्यावसायिक गतिविधिहरू बढ्छ । सरकार र निजी क्षेत्रबीचको साझेदारी बढाउन महासंघको अध्यक्षको हैसियतले पहल गर्नेछु ।’

     

     

     

  • सम्बन्धित विषय:

  • # अध्यक्ष ढकाल
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend