२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यूएईलाई हराउँदै नेपाल पहिलोपटक महिला विश्वकपको ग्लोबल क्वालिफायर्समा


सञ्चार डबली
  • सोमबार, जेठ ५ २०८२
  • 7.9K
    SHARES

  • images
    यूएईलाई हराउँदै नेपाल पहिलोपटक महिला विश्वकपको ग्लोबल क्वालिफायर्समा

    सोमबार, जेठ ५, २०८२

    काठमाडौं । नेपाली महिला क्रिकेट टिमले आईसीसी टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान पक्का गरेको छ । सुपर–३ को खेलमा यूएईमाथि पाँच विकेटको जित निकाल्दै नेपाली टिमले ग्लोबल क्वालिफायर्समा स्थान बनाएको हो ।

    सोमबार बैंककमा सम्पन्न खेलमा यूएईले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १९।३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

    नेपालको जितमा कप्तान इन्दु वर्माले सर्वाधिक ३० रन बनाइन् । उनले २८ बलमा दुई चौका प्रहार गरिन् । यस्तै, रुविना क्षेत्रीले १८ बलमा तीन चौकासहित २३ रन बनाइन् । सम्झना खड्काले २१ रन थप्दा पूजा महतोले १३ रन जोडिन् ।

    यूएईकी मिसेले बोथा, सुरक्ष कोटे, वैश्णवी महेश र ईशा ओजाले समान एक विकेट लिइन् ।

    त्यसअघि, टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रनको योगफल खडा गरेको थियो । यूएईकी कप्तान ईशा ओजाले ३९ रन बनाएकी थिइन् । यस्तै, थिर्था सतिशसले २१, हिना हटचन्दनीले २० र लाभाया केन्यले १२ रन थपिन् ।

    नेपालबाट मनिशा उपाध्यायले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी मनिशाले २० रनमात्र खर्चिइन् । यस्तै, कविता कुवँरले दुई विकेट लिँदा राजमति ऐरीले एक विकेट लिइन् ।

    यो नतिजासँगै प्रतियोगिताबाट ग्लोबल क्वालिफायरमा छनोट हुने दुई टोलीको टुंगो लागेको छ । प्रतियोगिताबाट नेपाल र थाइल्यान्डले ग्लोबल क्वालिफायरमा स्थान पक्का गरेका हुन् । सुपर–३ को दुवै खेलमा पराजित भएको यूएईको भने सम्भावना समाप्त भएको छ ।

    अब प्रतियोगिताको अन्तिम खेलमा नेपालले मंगलबार थाइल्यान्डविरुद्ध खेल्ने तालिका छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend