२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा आकर्षक प्रि-बजेट अफर, सुविधाहरू केके छन् ?


सञ्चार डबली
  • सोमबार, जेठ ५ २०८२
  • 5.3K
    SHARES

  • images
    हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा आकर्षक प्रि-बजेट अफर, सुविधाहरू केके छन् ?

    सोमवार, जेठ ५ २०८२
    काठमाडौँ र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा आकर्षक प्रि-बजेट अफर ल्याएको छ । उक्त अफर सीमित समयको लागि २०८२ जेठ ५ गतेदेखि जेठ १४ गतेसम्म लागु हुनेछ ।

    अफरले ग्राहकहरूलाई हुन्डाई कोना इलेक्ट्रिक, पुरस्कार विजेता आइओएनआइक्यू ५ र क्रेटा इभीमा लागु गरिएको छ। सो अफर नेपाली उपभोक्ताहरूको बिचमा विद्युतीय सवारी साधनको पहुँचलाई बढाउन डिजाइन गरिएको हो ।

    यसयोजना अन्तर्गत, नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आइओएनआइक्यू ५ र क्रेटा इभी खरिद गर्ने ग्राहकहरूले प्रोत्साहनस्वरूप विभिन्न लाभ उठाउनेछन्।

    प्रि–बजेट छुट योजनाको मुख्य विशेषताहरूमा निस्शुल्क बीमा रहेको छ, जसमा ग्राहकहरूले आफ्नो नयाँ हुन्डाई इभीको लागि निःशुल्क बीमा कभरेज प्राप्त गर्नेछन् । साथै, यस अफरमा ग्राहकहरूले सडक करसमेत निःशुल्क पाउने छन् ।

    यसका साथै तीनवटै मोडेलहरूमा विशेष नगद छुट प्रदान गरिनेछ, जसले यी अत्याधुनिक विद्युतीय सवारी साधनहरूलाई पहिलेभन्दा बढी किफायती बनाउनेछ।

    यो प्रि-बजेट योजना ग्राहकहरूलाई विशेष अफरसहितको सुविधा प्रदान गर्ने एक सक्रिय पहल भएको कम्पनीले जनाएको छ । “इभी गाडीका पारखीहरुका लागि प्रत्येक मोडेलमा विशेष अफरहरूको बारेमा थप जान्न र आफ्नो मनपर्ने हुन्डाई इलेक्ट्रिक गाडी बुक गर्न आफ्नो नजिकको हुन्डाई शोरूममा जान प्रोत्साहित गर्दछौँ” कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    हुन्डाईको विद्युतीय सवारी साधनको क्रान्तिमा सामेल हुने, आकर्षक छुट र अन्य अफरको फाइदा उठाउन यो महत्वपूर्ण अवसरको सदुपयोग गर्न कम्पनीको आग्रह छ ।

    लक्ष्मी हुन्डाईले री–लाक्स चार्जिङ नेटवर्क विस्तार गरेर इभी इकोसिस्टमलाई अझ बलियो बनाएको छ, जसमा हाल देशभरका विभिन्न स्थानहरूमा डिसी र एसी दुवै प्रकारका ६६ सक्रिय चार्जर स्टेसन रहेका छन् । साथै, हामी ग्राहकहरूलाई समान विश्वसनीय सेवा, पार्टपुर्जा उपलब्धता र बिक्रीपछिको समर्थन सुनिश्चित रहेको बताइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend