काठमाडौं । नेपाली स्मार्टफोन बजारमाभिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो भी ५० लाईट छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसमा समेटिएको बहुप्रयोगीविशेषता, शक्तिशालीप्रदर्शन र प्रिमियम डिजाइनले यो स्मार्टफोनलाई प्रतिस्पर्धात्मक बजारमा अलग पहिचान दिन सक्ने संकेत गरेको छ । भिभो भी ५० लाईटमा ६५०० एमएएचको ब्लु वल्ट ब्याट्रीे हुनेछ जसले ९० वाट फ्ल्यास चार्ज सपोर्ट गर्नेछ । यस्तो ब्याट्रीले एकै चार्जमा दिनभर साथ दिनेछ र पावर बैंकको झन्झटबाट छुटकारा दिलाउनेछ ।
शक्तिशाली ब्याट्रीको बाबजुद यो फोनसिर्फ ७.७९ एमएमको अल्ट्रा–स्लिम प्रोफाइलमा आउने अनुमान गरिएको छ, जसले डिजाइन र शक्तिबीचको सन्तुलन कायम राख्नेछ ।
परफर्मेन्सको कुरा गर्दा भिभो भी ५० लाईट मा मीडियाटेक डीमेन्सिटी ६३०० वा स्नापड्रागन ६८५ चिपसेट रहनेछ, जस्ले गेमिङगर्दा होस्वा मल्टिटास्किङ सहज अनुभव प्रदान गर्नेछ ।
साथै, यसमा कम्प्रेहेन्सिवकुशनिङ्ग डिजाइन, एस जि एस ५ स्टार ड्रप रेसिस्टेन्ट र मिलेट्री ग्रेड सटिफिकेसन जस्ता टिकाउपन र सुरक्षा सुनिश्चित गर्ने विशेषता समावेश गरिएको चर्चा छ, जस्ले यसको दिगोपन र सुरक्षालाई थप बलियो बनाउनेछ ।
डिजाइन पक्षमा भिभो भी ५० लाईट ७.७९ एमएमको अल्ट्रा–स्लिम प्रोफाइलमा आउनेछ, जसमा १२० हर्ज अल्ट्रा भिजनपि–ओलेड पञ्च–होल डिस्प्ले, अल्ट्रा–न्यारो बेजल्स र फ्ल्यागशिप लेभल फिनिश हुनेछ ।



