२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

‘एमआरपी लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न मिल्दैन्’


सञ्चार डबली
  • मंगलबार, वैशाख ३० २०८२
  • 5.9K
    SHARES

  • images
    ‘एमआरपी लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न मिल्दैन्’


    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक कुमार प्रसाद दाहालले बजार अनुगमनका क्रममा अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न नमिल्ने बताएका छन् । उनले राम्रो काम गर्नेलाई ‘आतङकारी’ र नगर्नेलाई ‘चोर’ भनिदिने प्रबृत्तिलाई हटाउन आग्रह गरे । 
    मंगलबार नेपाल राष्ट्रिय व्यवसायी महासंघसँगको छलफलमा बोल्दै उनले अनुगमनका क्रममा जाँदा कर्मचारीहरुलाई व्यवसायीहरुले ‘आतङकारी’को रुपमा लिने गरेको भन्दै यसरी नबुझिदिन आग्रह गरेका हुन् । 

    उनले भने, ‘बजारमा अनुगमनका क्रममा सरकारी निकायका प्रतिनिधिलाई कसैको पसल, उद्योग, घर वा व्यवसायिक क्षेत्रमा जाँदा आतंककारीका रुपमा बुझिदिनुहोला  । हामी यहाँहरुले नियुक्ति गरेका कर्मचारी हौं । हाम्रा कमीकमजोरी केही छन् भने भनिदिनुहोला । सरकारी कर्मचारीहरुलाई काम नगर्ने, अल्छी कर्मचारी, चोर, फटाहा, घुसिया भन्छौ, काम गरे आतङकारी भन्छौ । विगार्न त हामी सबैले माथिदेखि तलसम्म विगारेका छौ । कोहीपनि अछुतो छैनौं ।’

    उनले अनुगमनका क्रममा पुलिस, पत्रकार, उपभोक्ताकर्मी कसैलाई पनि नलाने भन्दै प्रेस विज्ञप्तिमार्फत जानकारी गराउने गरेको बताए । उनले प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँदा पनि बेइज्जत भए इज्जत हुने काम गर्नुस् भन्दै आक्रोश पोखे । ‘हामीले अनुगमनका क्रममा पुलिस, पत्रकार लगेका छैनौं । छ भने मलाई भन्नुस् । 

    अनुगमनमा उपभोक्ता अधिकारकर्मी पनि जानुभएको छैन् । त्यो कानूनमा पनि छैन् । कर्मचारीहरु नै जानुहुन्छ । प्रेस विज्ञप्ति (रिलिज) निकाल्छौ । प्रेस रिलिजमा निकालेर जानकारी गराउँदा पनि केही साथीहरुलाई बेइज्जत भए इज्जत हुने काम गर्नुस् न । मेरो जवाफ यदि हो । काम गर्नेलाई आतंङकारी भन्दिने, काम नगर्नेलाई चोर भन्दिने प्रवृतिलाई आजैदेखि हटाइदिनु होला । त्यसपछि मात्र हामी सफल बन्छौ,’ उनले भने ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend