२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

तेस्रो त्रैमासमा नेकोको नाफा ३६ करोड ९३ लाख, युनाइटेड अजोडको ११ करोड ६१ लाख


सञ्चार डबली
  • मंगलबार, वैशाख ३० २०८२
  • 6.8K
    SHARES

  • images
    तेस्रो त्रैमासमा नेकोको नाफा ३६ करोड ९३ लाख, युनाइटेड अजोडको ११ करोड ६१ लाख

    काठमाडौं । नेको इन्सुरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३७ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको विशेष जगेडामा २ अर्ब २० करोड ९४ लाख रुपैयाँ छ भने महाविपत्ति कोषमा १५ करोड ६७ लाख रुपैयाँ रहेको छ । यस्तै,कम्पनीको रिटेन्ड अर्निङमा ६७ करोड ६१ लाख रुपैयाँ र अन्य इक्विटीमा ३२ करोड ६३ लाख रुपैयाँ छ।

    समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा ४ अर्ब ६० लाख रुपैयाँ रहेको छ। तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब १६ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। शेयरपुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी घटेर २४.४७ रुपैयाँ कायम भएको छ।

    यसैगरी, युनाइटेड अजोड इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ११ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २७ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    यस्तै, समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा २ अर्ब ४२ करोड ७५ लाख रुपैयाँ रहेको छ। तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ७९ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। शेयरपुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ७.३७ रुपैयाँ कायम भएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend