२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सानिमा रिलायन्सद्वारा बाजुराका विद्यार्थीलाई झोला वितरण


सञ्चार डबली
  • मंगलबार, वैशाख ३० २०८२
  • 4.7K
    SHARES

  • images
    सानिमा रिलायन्सद्वारा बाजुराका विद्यार्थीलाई झोला वितरण

    मंगलबार, ३० बैशाख २०८२
    काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले बाजुरा जिल्लाको बजेडी आधारभुत विद्यालयमा  अध्यनरत  विद्यार्थीहरूका लागि शैक्षिक सामग्री राख्ने झोला वितरण गरेको छ ।

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीको तर्फबाट क्षेत्रीय प्रबन्धक गणेश उप्रेतीको उपस्थितिमा वैशाख २४ गते १४७  थान  शैक्षिक सामग्री राख्ने झोला विद्यालयका विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको हो ।

    हाल यस विद्यालयमा इसिडी देखि कक्षा ८ सम्मका १४७  विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । कम्पनीले मुलुकको अति पिछडीएको जिल्लामा न्यून आय भएका जेहेन्दार विद्यार्थीहरूको दुखमा मलम लगाउने कार्य गरेको छ ।

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि विभिन्न गतिविधिहरू मर्फत सक्रिय भूमिका निभाउँदै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्न, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा योगदान पुर्याउने योजना रहेको बताएको  छ । यस्ता प्रयासहरू मार्फत संस्थाले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि अगाडि बढाउने विश्वास लिएको छ । भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना कम्पनीले बनाएको छ।

    देशभर १६९ शाखा सञ्जाल रहेको कम्पनीको पूँजी ५ अर्बभन्दा बढी, २० अर्बभन्दा बढीको लगानी रहेको छ भने २० हजार भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend