२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

विवादित व्यापारी चन्द्र ढकालले खोले मौलाकालिका मन्दिरमै ‘आलिसान होटल’


सञ्चार डबली
  • सोमबार, वैशाख २९ २०८२
  • 6.5K
    SHARES

  • विवादित व्यापारी चन्द्र ढकालले खोले मौलाकालिका मन्दिरमै ‘आलिसान होटल’

    काठमाडौं, वैशाख २९ । व्यापारी चन्द्रप्रसाद ढकालको आइएमई ग्रुपले नवलपुरको गैँडाकोट नगरपालिका–१, मौलाकालिकामा खोलेको ‘इला होटल तथा रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । आज (सोमबार)बाट होटल तथा रिसोर्ट सञ्चालनमा ल्याइएको उक्त समूहले जानकारी दिएको छ ।

    सर्वासाधारणको सेवा गर्ने भन्दै देशभरका सरकारी जंगल हडपेर केबलकार निर्माण गर्ने र पछि सम्झौताविपरित सोहि स्थानमा महंगा आलिसान रिसोर्ट तथा होटल खोल्दै आएका ढकालको रणनीतिक योजना अनुसार नै मौलाकालीमा पनि ‘इला होटल तथा रिसोर्ट खोलिएको हो।

    सार्वजनिक जग्गामा हडपेर व्यापार बिस्तार गर्दै आएका ढकालले बिशेष गरी प्रशिद्द धार्मिक धार्मिक तीर्थस्थल खोजीखोजी दरशानार्थीको सहजताका लागि भन्दै केबलकार योजना अधि सार्ने गरेका छन् सोहि योजनाअनुसार नै ढकालले मौलाकाली मन्दिर जानका लागि भनेर केबलकार निर्माण गरे । अन्ततः ढकालले केबलकारको माथिल्लो स्टेसनमा होटल खोलेका छन्। ढकालले खोलेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्यांक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिम समेत राखिएको छ ।

    ढकालले देशभरका सात वटै प्रदेशमा बिशेष गरी धार्मिक तिर्थस्थलमा केबलकार निर्माण गर्ने र अन्तत: दर्शनार्थीको सेवाका लागि भन्दै महंगा, होटल तथा रिसोर्टर निर्माण गर्ने तयारी गरेका छन् ।

    ढकालले यस अघि काठमाडौंको चन्द्रागिरीमा पनि हजारौँ हेक्टर जंगल हडपेर केबलकार निर्माण गरेका छन्। सुरुमा केबलकार निर्माण गर्ने सम्झौता गरेका ढकालले अहिले त्यहाँ पनि सम्झौताविपरित आलिसान होटल संचालन गर्दै आएका छन्। केबलकार चढेर होटलमा बस्नकै लागि मात्र पर्यटक नगएपछि ढकालले चलाखी गरेर उक्त स्थानमा नक्कली भालेश्वर खडा गरेपछि उनी विवादमा तानिएका छन्।

    त्यसैगरी ढकालले ताप्लेजुङको प्रसिद्द धार्मिक स्थल पाथिभरामा पनि सार्वजनिक जंगल अतिक्रमण गरी जबर्जस्ति केवलकार निर्माण गर्न लागेका थिए। तर स्थानीयले चर्को बिरोध जनाएपछि उनको सार्वजनिक जग्गा अतिक्रमणको निरन्तरतामाथि पाथीभरामा भने ब्रेक लागेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend