२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

क्रेष्ट माइक्रो लाइफको नाफा ६३८% ले बढ्यो, ईपीएस कति ?


सञ्चार डबली
  • आइतबार, वैशाख २८ २०८२
  • 5.6K
    SHARES

  • images
    क्रेष्ट माइक्रो लाइफको नाफा ६३८% ले बढ्यो, ईपीएस कति ?

    काठमाडौं, वैशाख २८ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा ६३८.४९ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १४ लाख २६ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

    समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ । कम्पनीले १९ करोड ४१ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३४६.४२ प्रतिशतले बढी हो ।  

    कम्पनीको कुल आम्दानी पनि १९८.७२ प्रतिशतले बढेर २३ करोड ४८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवसम्म ७ करोड ७१ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च बढेर २२ करोड ४२ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको दाबी भुक्तानी पनि २ करोड ७० लाखबाट बढेर १३ करोड ९ लाख पुगेको छ ।  

    कम्पनीको महाविपत्ती कोषको आकार २० लाख ४८ हजार र रिटेन्ड अर्निङको आकार १ करोड २२ लाख रहेको छ ।  

    समीक्षा अवधिसम्म कम्पनीले १ लाख ११ हजार ९३४ वटा बीमा पोलिसी जारी गरेको छ ।  

    समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.८७ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०२.८८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२५.५८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९५.४० गुणा कायम भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend