२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

 निजी क्षेत्रको विकासको लागि ऐन निर्माण गरी काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष कार्की 


सञ्चार डबली
  • शनिबार, वैशाख २७ २०८२
  • 5.8K
    SHARES

  • images
     निजी क्षेत्रको विकासको लागि ऐन निर्माण गरी काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष कार्की 


    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रको विकासको लागि ऐन निर्माण गरी काम गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । शुक्रबार सेती नदी जलविद्युत परियोजना उद्घाटन तथा बाज्रा इनर्जी उद्यम वित्तीय समापन समारोहमा बोल्दै उनले ऐन निर्माण नहुदाँ काम गर्न सक्ने वातारवण नभएको बताएका हुन् ।

    उनले भने, ‘हामी साच्चै दुःखमा छौ । थुप्रै पिडाहरु छ सरकारले २८ हजार पाँच सय मेगावाट उत्पादन गर्ने लक्ष्य लिएको छ, ६२ खरब पैसा खर्च हुन्छ भनेको छ, हामी भनिरहेका छौ जनतामा गई जसरी सेति बन्यो त्यसरी बनाउन सक्छौ । सरकारले हामीलाई ऐन, कानून बनाइदियोस् बाकी कुरा हामी आफै गर्छौ । बास्तवमा नै हामी गर्छौ भनेर हिड्दा पनि प्रत्यक पाइलामा तगारो लगाइदिने काम भईरहेको छ । उनले नेपालका राजनीतिक दलहरुलाई विकासका क्षेत्रमा काम गर्न एकैठाउँमा आएर साझा धारणा बनाउन आग्रह समेत गरे। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend