२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

घट्यो सुनको भाउ, चाँदीको स्थिर


सञ्चार डबली
  • आइतबार, वैशाख ३ २०८०
  • 164.0K
    SHARES

  • images
    घट्यो सुनको भाउ, चाँदीको स्थिर

    काठमाडौं, वैशाख ३ गते ।  नयाँ वर्ष २०८० सालको पहिलो कारोबार दिन आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको छ । नयाँ वर्षको दिन शुक्रबार र भोलिपल्ट शनिबार सार्वजनिक बिदा भएको हुनाले आइतबार नयाँ भाउ निर्धारण भएको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

    यसअघि गत बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ८ सय रुपैयाँ र तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको थियो ।महासंघका अनुसार आइतबार चाँदीको मूल्य भने स्थिर छ। आइतबार चाँदी प्रतितोलाई १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 
     

  • सम्बन्धित विषय:

  • # घट्यो सुनको भाउ, चाँदीको स्थिर
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend