२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

साइमेक्स इंकद्वारा देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा, बीवाईडी ईभी किन्ने उपयुक्त समय


सञ्चार डबली
  • बुधबार, वैशाख २४ २०८२
  • 7.1K
    SHARES

  • images
    साइमेक्स इंकद्वारा देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा, बीवाईडी ईभी किन्ने उपयुक्त समय

    बुधबार, २४ बैशाख २०८२

    काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले देशव्यापी रुपमा बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा गरेको छ । आगामी मे ७ देखि १० अर्थात बैशाख २४ देखि २७ सम्म आयोजना हुने सो अफर अन्तर्गत ग्राहकले छुटाउनै नहुने मौका पाउने छन्, जसमा फ्युचर अफ मोबिलिटी अर्थात बीवाईडी इलेक्ट्रिक गाडीमा अपग्रेड हुन सकिने छ ।

    मेगा एक्सचेन्ज अवधिमा ग्राहकले आफूसँग भएको कुनै पनि ब्रान्ड वा मोडलको गाडीसँग साटेर बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन र बीवाईडी एम६ लिन सक्नु हुनेछ र यसका लागि बेस्ट–इन–इन्डष्ट्रि भ्यालुएसन प्राप्त गर्न सकिने छ ।

    यस अन्तर्गत आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, १० वर्षको एक्सटेन्डेड वारेन्टी, ८० प्रतिशत सम्म फाइनान्सिङ र स्पेसल नगद छुट उपलब्ध हुनेछ । थप सुविधाको रुपमा, सो चार दिने मेगा एक्सचेन्जमा बीवाईडी गाडी बुकिङ गर्ने ग्राहकलाई लक्की ड्रमा सहभागी हुने मौका प्राप्त हुनेछ । तीन जना लक्की ड्र विजेतालाई आफूले किनेको गाडीमा १२ महिना सम्मको किस्ता निःशुल्क अर्थात फ्रि ईएमआई उपलब्ध हुनेछ ।

    सो एक्सचेन्ज क्याम्पेन देशभरका सहरमा रहेका बीवाईडीका निम्न शोरुम तथा अन्य विशेष स्थलमा आयोजना हुनेछ :
    चितवन – बीवाईडी पार्क, चितवन
    बुटवल – भेल्भेट लक्स होटल
    भैरहवा – बोधी रेडसन
    नेपालगन्ज – बीवाईडी नेपालगन्ज शोरुम
    दाङ – माला इन
    धनगढी – होटल रुबस
    विर्तामोड – टाइमलेस मोमेन्ट्स होटल
    दमक – बीवाईडी शोरुम, दमक
    इटहरी – बीवाईडी शोरुम, इटहरी

    विराटनगर – बीवाईडी शोरुम, विराटनगर
    जनकपुर – बीवाईडी शोरुम, जनकपुर
    लहान – बीवाईडी शोरुम, लहान
    वीरगन्ज – बीवाईडी शोरुम, वीरगन्ज
    पोखरा – रोयल महल बैंक्वेट
    ललितपुर – सत्कार फाइन डाइन
    पेप्सीकोला – म्याजेस्टिक बैंक्वेट, पेप्सीकोला
    कोटेश्वर – रोयल लाउन्ज बैंक्वेट एन्ड रेष्टुरेन्ट
    सोल्टीमोड – ल्यान्डमार्क रिसेप्सन
    सातदोबाटो – सेल्सबेरी, सातदोबाटो
    नक्साल – आम्रपाली बैंक्वेट

    ‘नयाँ अर्थिक वर्ष आउन लागेको र ईभीको करमा समेत परिवर्तन हुने हल्ला चलिरहेको समयमा दिगो मोबिलिटीको क्षेत्रमा आफूलाई लैजाने यो उपयुक्त समय हो । यसरी स्विच हुनका लागि मेगा एक्सचेन्ज अफरले उपलब्ध गराउने अतुलनीय मूल्य, वित्तीय लचकपना र विशेष लाभले अझै सहज बनाउने छ ।’, साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भन्नुभयो ।

    यस सम्बन्धी थप जानकारी र आवश्यक सहयोगका लागि ग्राहकले हाम्रो सेल्स हटलाइन ०१–५९७०७३३ वा ९८०२३९६१०१ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend