२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

फोहोर होइन, उपहार बनाऔं : कपडा बैङ्क


सञ्चार डबली
  • बुधबार, वैशाख २४ २०८२
  • 11.7K
    SHARES

  • फोहोर होइन, उपहार बनाऔं : कपडा बैङ्क

    क्लोथ एण्ड फुड बैंक नेपाल, सिइओ सागर गौतम

     

    तुम्सिङ तारा मगर बुधबार, २४ बैशाख २०८२
    काठमाडौं । आजको व्यस्त जीवनशैलीमा हामीसँग धेरै थोकहरू थुप्रिएका हुन सक्छन्, जुन प्रयोगमा नआई घरको एक कुनामा थन्किएका हुन्छन्। कतिपय त कहिल्यै नलगाएको, केही फिट नआएका, त केही पुराना भए पनि प्रयोग गर्न मिल्ने । त्यस्ता कपडा, झोला, जुत्ता वा पुस्तकहरू कसैको लागि जीवनदान बन्न सक्छन् भन्ने कुरा सायद हामीले कमै सोचेका छौं होला। ती सामाग्रीहरूको सहि गन्तव्य हुन सक्छ – कपडा बैङ्क !

    कपडा बैंक एउटा यस्तो पवित्र थलो हो, जहाँ हुनेखानेले आफ्ना प्रयोग नभएका तर प्रयोग गर्न मिल्ने सामानहरू ल्याएर दान गर्छन्, र त्यही सामानहरू खाँचोमा परेका, निम्न आय भएका व्यक्तिहरूले निःशुल्क रूपमा लैजान सक्छन्। यहाँ कुनै लेनदेन हुँदैन, केवल हुन्छ त आवश्यकता र सहयोगको सुन्दर मिलन !

    यस्तै सोचका साथ ‘क्लोथ एण्ड फुड बैंक नेपाल’ले २०८० सालमा बुटवलबाट नेपालमै पहिलोपटक यो अभियान सुरु गर्‍यो। आज, छोटो समयमै यो प्रयास देशभरि फैलन थालेको छ। संस्थाका सीईओ सागर गौतमका अनुसार हालसम्म १५४ वटा पालिकामा कपडा बैङ्क सञ्चालनमा छन् ।

    ‘कोही कपडा विहीन नरहुन’ भन्ने महान् उद्देश्य बोकेको यो संस्थाले आगामी आर्थिक वर्ष ८२/८३ सम्म देशका सबै ७७ जिल्लामा एक हजार भन्दा बढि कपडा बैंक पुर्‍याउने लक्ष्य लिएको छ। संस्थाका अध्यक्ष कमल जिसी लगाएतको अथक प्रयास र दूरदर्शिताले आज यो सेवा देशभर तिव्र विस्तार हुदै गइरहेको छ । स्थानीय पालिकाहरूको सहकार्यमा अगाडि बढिरहेको यस बैंकले हालसम्म ५ लाख मानिसलाई प्रत्यक्ष सेवा प्रदान गरिसकेको छ, जुन आफैंमा एक उल्लेखनीय उपलब्धि हो ।

    कपडा बैङ्क केवल "बैङ्क" होइन, यो समाजको साझा भण्डार हो। शहरी क्षेत्रमा फैलिएको "फेसन फास्ट" संस्कृतिले प्रयोगमा नआएका कपडाहरू झन् बढाएको छ। कपडा बैङ्कले एकतर्फ, ति सामग्री रिसाइक्लिङ गर्छ, अर्कोतर्फ, गरिबलाई गरिमा दिन्छ ।

    बढ्दो बेरोजगारी समस्या समाधान र युवा पलायन रोक्न पनि कपडा बैङ्कले सहयोग गरेको छ ‌। देशभर ६० जनाले रोजगारी पाएका छन्। करिब १५ करोड बराबरको निशुल्क कपडा वितरण गरेर अर्थतन्त्रमा पनि टेवा पुर्याइरहेको छ ।

    तपाईंको घरमा पनि प्रयोगमा नभएका ती कपडाहरू, झोलाहरू, जुत्ताचप्पलहरू, बेल्टहरू वा ज्ञानका भण्डार पुस्तकहरू अब कपडा बैंकमा पुर्‍याएर तपाईंले कसैको ओठमा मुस्कान ल्याउन सक्नुहुन्छ। यसले एकातर्फ तपाईंको घरलाई सफा र व्यवस्थित बनाउँछ भने अर्कोतर्फ अभावमा बाँचिरहेकाहरूको लागि ठूलो सहारा बन्छ ।

    यस अभियानको संरक्षकको रूपमा महानायक राजेश हमालजस्तो व्यक्तित्वको साथ रहनुले यसको गरिमा र महत्त्वलाई थप उँचो बनाएको छ। सिइओ सागर गौतमको भनाइलाई मनन गर्ने हो भने, आफ्नो घर, टोल र समाजलाई सफा राख्न र सकारात्मक परिवर्तन ल्याउनको लागि हामी आफैंबाट सुरुवात गर्नुपर्छ ।

    तपाईंको सानो दान कसैको लागि न्यानोपन र खुसीको स्रोत बन्न सक्छ। कपडा बैंक केवल कपडाको बैंक मात्र होइन, यो त मानवता र सहयोगको बैंक हो।

    स्रोत : क्लोथ एण्ड फुड बैंक नेपाल, सिइओ सागर गौतमको अन्तर्वार्ता

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend