२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

निसानको ३ दिने प्रिमनसुन नेसनवाइड सर्भिस क्याम्प


सञ्चार डबली
  • बिहीबार , वैशाख ११ २०८२
  • 6.0K
    SHARES

  • images
    निसानको ३ दिने प्रिमनसुन नेसनवाइड सर्भिस क्याम्प

    काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानको ‘ह्याप्पी विद निसान’ सर्भिस अभियानलाई नेपालमा पनि निरन्तरता दिँदै निसानका गाडीहरूको लागि ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ सुरू गरेको छ ।

    नजिकिँदै गरेको वर्षा ऋतु तथा मनसुनको अवसरमा यो विशेष सर्भिस क्याम्प ल्याइएको हो । यो क्याम्प वैशाख १०, ११ र १२ गते तदनुसार अप्रिल २३, २४, र २५, २०२५ मा देशव्यापी रूपमा सञ्चालन भइरहेको छ । यो सर्भिस क्याम्प काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, हेटौँडा, पोखरा, इटहरी, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्ज, सुर्खेत गरी निसानको देशभरका १६ वटा विभिन्न चेकपोइन्टहरूमा एकैसाथ सञ्चालन भइरहेको छ ।

    ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ अन्तर्गत ग्राहकहरूले निसान गाडीको चेक-अप तथा सर्भिसिङ गर्दा ७ आकर्षक लाभ तथा सुविधाहरू लिन सक्नेछन् । यी सुविधाहरू अन्तर्गत ग्राहकहरूले ‘टप वास’ निस्शुल्क प्राप्त गर्नेछन् भने जुनै सेवा लिँदा पनि कुनै ‘लेबर चार्ज’ तिर्नुपर्ने छैन ।

    त्यस्तै ‘सस्पेन्सन, क्लच’जस्ता पार्टपूर्जा तथा निसानको ब्रान्डेड एक्सेसरिजहरूमा २०५ छुट प्राप्त गर्नेछन्, अनि १५५ छुट मा ‘बडि सप जब्स’ सुविधा लिन सक्नेछन् । त्यसैगरी ल्युब्रिकेन्ट, ‘फिल्टर पार्ट्स’, र ‘ब्रेकप्याड तथा सु’मा १०५ छुटबाट लाभान्वित हुन सक्नेछन् ।

    यो योजना, ग्राहकका निसान गाडीहरूको विशेष छुटका साथ चेक-अप तथा सर्भिसिङ गर्ने भव्य अवसर हो । यस क्याम्पअन्तर्गतका सुविधाहरूमा केही सर्तहरू लागू हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend