२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

घट्यो खाने तेलको मूल्य


सञ्चार डबली
  • बुधबार, वैशाख ३ २०८२
  • 5.4K
    SHARES

  • घट्यो खाने तेलको मूल्य

    काठमाडौं , वैशाख ३ । बजारमा खाने तेलको मूल्य घटेको छ ।

    नेपाल खुद्रा व्यापार संघले १ वैशाखमा सार्वजनिक गरेको खाद्यान्नको खुद्रा मूल्यसूची अनुसार सनफ्लावर तेल र भटमासको तेलको मूल्य लिटरमा ५ रुपैयाँ घटेको छ । संघले प्रत्येक महिना १ र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्ने गरेको छ ।

    तथ्यांकअनुसार भुटेको तोरीको तेल प्रतिलिटर ४ सय १० र काँचो तोरीको तेल २ सय ४५ देखि ३ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    यस्तै भटमास र सनफ्लावर तेल प्रतिलिटर २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

    १५ चैतमा भटमास र सनफ्लावर तेल प्रतिलिटर २ सय ५५ रुपैयाँमा किनबेच भइरहेको थियो भने भुटेको तोरीको तेल प्रतिलिटर ४ सय १० र काँचो तोरीको तेल २ सय ४५ देखि ३ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend