२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बिमा क्षेत्रकै पहिलो म्युचुअल फण्ड ‘रिलायबल समृद्धि योजना’ भोलिदेखि निष्काशन हुने


सञ्चार डबली
  • मंगलबार, वैशाख २ २०८२
  • 7.4K
    SHARES

  • images
    बिमा क्षेत्रकै पहिलो म्युचुअल फण्ड ‘रिलायबल समृद्धि योजना’ भोलिदेखि निष्काशन हुने

    मंगलवार, बैशाख २ २०८२
    काठमाडौँ । बिमा क्षेत्रकै पहिलो म्युचुअल फण्ड ‘रिलायबल समृद्धि योजना’ भोलि अर्थात बैशाख ३ गतेबाट बिक्री खुल्ला हुने भएको छ ।

    ‘रिलायबल समृद्धि योजना’को कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र योजना व्यवस्थापक रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड रहेको यो ‘रिलायवल सामूहिक लगानी कोष’ अन्तर्गत पहिलो बन्दमुखी योजना हो । उक्त म्युचुअल फण्डको आकार १ अर्ब रुपैयाँ बराबर रहेको छ ।

    एक अर्बमध्ये ८ करोड ५० लाख इकाई अथवा ८५ करोड रुपैयाँ बराबरको सार्वजनिक निष्काशन (आइपिओ) मार्फत बिक्री खुल्ला गरिएको छ ।

    यस योजना बन्दमुखी प्रकृतिको योजना भएकोले यसका इकाईहरू धितोपत्र बजारमा सूचीकरण भई सार्वजनिक निष्काशन पश्चात सामूहिक लगानीकोष नियमावली, २०६७ बमोजिम धितोपत्र बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

    नेपालमा बिमा क्षेत्रबाट कोष प्रवर्द्धन गरिएको पहिलो सामूहिक लगानी कोषको वार्षिक औषत प्रतिफल १७.७३ प्रतिशत प्रक्षेपण गरिएको छ ।

    रिलायबल सामूहिक लगानी कोषको सार्वजनिक निष्काशन बैशाख ३ गतेदेखि छिटोमा बैशाख ७ गते र ढिलोमा बैशाख १७ गतेसम्म खुल्ला हुँदैछ ।

    इच्छुक लगानीकर्ताहरूले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम् १ हजारदेखि अधिकतम १० करोड रुपैयाँसम्म लगानीका लागि सि-आश्वा खाता रहेको बैँक वा मेरो सेयरमा लगइन गरी अनलाइन आवेदन गर्न सक्नेछ । कम्पनीले सेयरधनीहरूलाई उत्कृष्ट प्रतिफल दिने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend