२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बहुप्रतिक्षित "यामाहा ब्लू फेस्ट" भृकुटीमण्डपमा चैत २८ देखि सुरु हुँदै


सञ्चार डबली
  • बुधबार, चैत २७ २०८१
  • 7.2K
    SHARES

  • images
    बहुप्रतिक्षित "यामाहा ब्लू फेस्ट" भृकुटीमण्डपमा चैत २८ देखि सुरु हुँदै

    बुधबार, २७ चैत्र २०८१
    काठमाडौं । यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो दुई-पाङ्ग्रे सवारी एक्सचेन्ज ईभेन्ट्स मध्ये एक, बहुप्रतिक्षित "यामाहा ब्लू फेस्ट" मार्फत दुई-पाङ्ग्रे सवारी प्रेमीहरूलाई आकर्षित पार्ने तयारी गरिरहेको छ। यो भव्य अवसर चैत्र २८, २०८१ देखि वैशाख ३, २०८२ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ। एक सातासम्म जारी रहने यो कार्यक्रमले बाइक एक्सचेन्ज मात्र नभई यामाहाको मूल मूल्यहरूलाई परिभाषित गर्ने एक्साइटमेन्ट, स्टाइल र पर्फर्मेन्स प्रदर्शन गर्नेछ।

    तपाईं यामाहाको प्रशंसक हुनुहुन्छ अथवा यामाहामा स्विच गर्न खोज्दै हुनुहुन्छ भने, यामाहा ब्लू फेस्टले तपाईंका लागि यी अतुलनीय एक्सचेन्ज डिलहरू प्रदान गर्दछ:
    ● कुनै पनि ब्रान्डको कुनै पनि बाइक साटाफेर गर्नुहोस्,
    ● कुनै पनि यामाहा बाइक वा स्कुटरमा रु. ५०,००० को मिनिमम भ्यालुएसन,
    ●अन्य कुनै पनि ब्रान्डमा रू. २५,००० न्यूनतम मूल्याङ्कन (ट्याक्स क्लियरेन्स अनिवार्य),
    ● एक्सचेन्जमा अतिरिक्त रु. १०,००० मूल्याङ्कन बोनस,
    ● कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९% को फाइनान्सिंग,
    ● यामाहा थ्रिल अफ थ्री योजनाको साथ रु. १,००,००० सम्म नगद छुट:
    - थ्रिल अफ थ्री विज्ञापन सेयर गरी रु. १,००० जित्नुहोस्,
    - विज्ञापनको स्क्रिनसट देखाई रु. ५०,००० सम्म नगद छुट जित्नुहोस्,
    - यामाहा खरिद गर्नुहोस् गरी रु. १,००,००० सम्म नगद छुट जित्नुहोस् ।

    विविधतायुक्त र बलियो प्रडक्ट रेन्जको लागि परिचित यामाहा दैनिक यात्रुहरूदेखि रेसिंग उत्साही र एडभेन्चर खोज्नेहरूसम्म, हरेक प्रकारका राइडरहरूका लागि डिजाइन गरिएको छ । ARAI-प्रमाणित ७१.३३ kmpl माइलेजका साथ नेपालको उच्चतम माइलेज दिने स्कूटर यामाहा RayZR 125FI हाइब्रिडदेखि स्पोर्टी र स्टाइलिश यामाहा R15 V4 सम्म, यामाहाले आफ्नो उच्च स्तरलाई कायम राखेको छ। बोल्ड स्ट्रिट प्रेजेन्स खोज्ने राइडरहरूले MT-15 V2 र FZ V3 सिरिजमा ध्यान केन्द्रित गर्न सक्छन्, जबकि Aerox 155 स्पोर्टी डिजाइन भएको पर्फर्मेन्स स्कूटरको रूपमा परिचित छ। अफ-रोड रोज्नेहरूले बलियो WR155R मा भर पर्न सकिन्छ । प्रत्येक यामाहा मेसिन उन्नत जापानी इन्जिनियरिङद्वारा संचालित छ जसले सुरक्षित, कुशल र रोमाञ्चक राइड अनुभव प्रदान गर्दछ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend