२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

पहिलो पटक विश्वकप क्रिकेट बिजेता बेष्ट इन्डिजसँग भिड्दै नेपाल


सञ्चार डबली
  • बिहीबार , असार ७ २०८०
  • 11.1K
    SHARES

  • images
    पहिलो पटक विश्वकप क्रिकेट बिजेता बेष्ट इन्डिजसँग भिड्दै नेपाल


    काठमाडौं, ७ असार । नेपालले पहिलो पटक विश्वकप क्रिकेट बिजेतासँग आज क्रिकेट खेल्दैछ । आइसिसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो ।सो खेल नेपाली समय अनुसार अपरान्ह १२ः ४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

    नेपालले यसअघि खेलेका दुई खेल मध्ये एकमा जीत र एकमा हार ब्योहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई भने सानदार प्रदर्शनका साथ हराएको थियो ।

    ओडिआई वरियतामा नेपाल १४ औं र वेस्टइन्डिज १० औं स्थानमा छन् । आजको प्रतिस्पर्धा नेपालका लागि निकै ठुलो अवसर भएको जनाउँदै क्रिकेट समिक्षकहरुले नेपालले गौरब गर्नु पर्ने टिप्पणी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend