२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

विशेष न्यु ईयर, न्यु अफर र देशव्यापी टेस्ट ड्राइभ क्याम्पको साथ नयाँ वर्षको उत्साह बढाउँदै नामी


सञ्चार डबली
  • शुक्रबार, चैत २२ २०८१
  • 7.3K
    SHARES

  • images
    विशेष न्यु ईयर, न्यु अफर र देशव्यापी टेस्ट ड्राइभ क्याम्पको साथ नयाँ वर्षको उत्साह बढाउँदै नामी

    शुक्रबार, २२ चैत्र २०८१

    काठमाडौं । नयाँ वर्षको अवसरमा नेपालका लागि नामी ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धी मोटर्स प्रा. लि.ले आज अप्रिल ५ देखि अप्रिल १२ सम्म सन्चालन हुने आफ्नो न्यु ईयर, न्यु अफर देशव्यापी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प गर्ने घोषणा गरेको छ। एक हप्तासम्म चल्ने यस कार्यक्रमको उद्देश्य ग्राहक संग्लग्नता बढाई उनीहरूलाई बिग ह्याच र फाइभ स्टार लक्जरी भएको नामीको प्रत्यक्ष अनुभव प्रदान गर्नु हो।

    योसँगै ग्राहकहरूले अब तोकिएको नामी गाडीको बुकिङको लागि केवल रू. ५.९९ लाखदेखि सुरु हुने सजिलो डाउनपेमेन्टबाट फाइदा लिन सक्नेछन्। यो अफरमा बुकिङ भएको मितिदेखि दुई वर्किङ डे भित्र ग्यारेन्टीपूर्ण डेलिभरीका साथै ने.रू. १ लाख सम्मको फाइदाहरू समावेश हुनेछन्। यसले समग्र अनुभवलाई मूल्य र गति दुवै हिसाबले प्रभावकारी बनाउने छ।

    खरिद प्रक्रियालाई थप सजिलो बनाउन नामीले ८०% सम्मको फाइनान्सिङ सहायता प्रदान गर्नेछ जसले गर्दा गाडी लिने प्रक्रिया सहज हुने र ग्राहकले सुरूमै गर्नु पर्ने खर्च पनि कम हुनेछ।

    साथै, टेस्ट ड्राइभ लिने सबै सहभागीहरूलाई निस्शुल्क उपहार प्रदान गरिनेछ। ग्राहकहरु सबैले उपहारहरूका साथ अत्याधुनिक, सुविधायुक्त इलेक्ट्रिक कारको रोमाञ्चक टेस्ट ड्राइभको आनन्द लिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend