२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

साइमेक्स बिवाइडी च्यारिटी फाउन्डेसनद्वारा प्रोजेक्ट ‘डल्फिन’को घोषणा


सञ्चार डबली
  • शुक्रबार, चैत २२ २०८१
  • 7.4K
    SHARES

  • images
    साइमेक्स बिवाइडी च्यारिटी फाउन्डेसनद्वारा प्रोजेक्ट ‘डल्फिन’को घोषणा

    शुक्रवार, चैत २२ २०८१
    काठमाडौँ । नेपालमा बिवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा सञ्चालित साइमेक्स बिवाइडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) (Cimex BYD Charity Foundation - CBCF) ले ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ (CBCF Project Dolphin) को घोषणा गरेको छ । नेपालको अति खतराको सूचीमा रहेको जीव ‘डल्फिन’ संरक्षणका लागि समर्पित पहल स्वरूप कम्पनीले यस्तो घोषणा हो । कम्पनीले विश्व जलचर जनावर दिवस अर्थात ‘वर्ल्ड अक्वाटिक एनिमल डे’को अवसरमा बिहीबार (सन् २०२५ अप्रिल ३) मा पाटन संग्रहालयमा आयोजित एक कार्यक्रममा सो प्रोजेक्ट औपचारिक रूपमा लन्च गरेको हो । यसले नेपालको स्वच्छ पानीको इकोसिस्टम संरक्षणका लागि संरक्षक, वातावरणविद् र सामुदायिक अगुवाहरूलाई एकै स्थानमा ल्याउने बताइएको छ।

    गंगा नदी डल्फिन अति खतराको सूचीमा रहेका जीव हुन्, जुन संसारभर ३ हजार ५ सय भन्दा कम संख्यामा मात्र रहेका छन् । सन् २०१६ मा गरिएको सर्वेक्षण अनुसार नेपालमा कर्णाली नदीमा ४३ र कोशी नदीमा ९ गरी ५२ डल्फिन मात्र रहेको रेकर्ड छ । नेपालमा बिवाइडी डल्फिन इभि लोकप्रिय छ । बिवाइडी डल्फिन इभि र यही नामको जीवको संरक्षण बिचको उल्लेखनिय तालमेलको आधारमा सीबीसीएफ प्रोजेक्ट डल्फिनले नेपालको जैविक विविधता संरक्षणका लागि गरिने अर्थपूर्ण कार्यलाई अझै बढावा दिने लक्ष्य राखेको छ । 

    इभेन्टका प्रमुख आकर्षण

    सीबीसीएफ प्रोजेक्ट डल्फिन लन्चको अवसरमा कम्युनिटी, कोलाबोरेसन र कन्जर्भेसन (Community, Collaboration, and Conservation) विषयमा प्यानल डिस्कसन सम्पन्न भएको छ । मिडियाकर्मी अभयराज जोशी मोडरेटर रहेको सो प्यानल डिस्कसनमा प्यानलिस्टको रूपमा राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत तथा नेसनल जियोग्राफिक अनुसन्धानकर्ता र जुलोजिकल सोसाइटी अफ लन्डनको EDGE प्रोग्रामका फेलो अम्बिका प्रसाद खतिवडा थिए ।

    AL09854.jpg
    undefined

    त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट मर्करी पोलुसन इन अक्वाटिक इकोसिस्टममा विशेषज्ञता प्राप्त गरिरहेका प्राध्यापक छत्रमान शर्मा, पीएचडी तथा जेन गुडअल इन्स्टिच्युट नेपालका कार्यकारी निर्देशक एवम् जनावर अधिकार तथा वातावरणीय न्याय अभियन्ता सृष्टि सिंह भण्डारी र फ्रेसवाटर, डब्लुडब्लुएफका प्रोग्राम एसोसिएट तथा अक्वाटिक इकोसिस्टम विशेषज्ञ आशीष कपाली पनि सहभागी भएका थिए ।

    सो इभेन्टको अवसरमा वन्यजन्तु संरक्षणमा उनको दशकौँ लामो योगदानका लागि ‘गुलेली बाजे’ को नामले परिचित ९१ वर्षिय भोजराज श्रेष्ठलाई सम्मान गरियो । उनले डल्फिन संरक्षण कार्यका लागि नेपालमै पहिलो प्रयासको नेतृत्व गरेका थिए । श्रेष्ठले चरा र डल्फिनलाई पुग्ने हानिबाट बचाउनका लागि नेपालभरका बालबालिकाबाट ८ हजार भन्दा बढी गुलेली सङ्कलन गरेका थिए । उनले जनचेतना र शिक्षाका लागि डल्फिन संरक्षण केन्द्रको स्थापना गरेका थिए । 

    उनी ‘मोहना नदीका डल्फिन’ पुस्तक लेखन कार्य गरिरहेका छन् भने डल्फिन संरक्षण कार्य र सामुदायिक पहलको डकुमेन्टिङ गर्ने कार्यमा समेत संलग्न छन् । सो अवसरमा बालबालिकामा सचेतना जगाउने उद्देश्यले बाल पुस्तक ‘डल्फिनको सपना’ समेत लोकार्पण गरिएको थियो । अनुराधाद्वारा लिखित र प्रकाश रञ्जितद्वारा चित्रित सो पुस्तक साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको विद्यालय सचेतना अभियानको एक भाग हो । सो पुस्तकको कभर बिवाइडीका ब्रान्ड एम्बेसडर हरिबंश आचार्य र लिड नेपालका अध्यक्ष अनिल केशरी शाहले सार्वजनिक गरे ।

    संरक्षणका लागि एक प्रतिबद्धता

    “सीबीसीएफ प्रोजेक्ट डल्फिन केवल डल्फिन बचाउने मात्र नभई यो भन्दा धेरै ठूलो कार्य हो । यो डल्फिनका लागि नदी बचाउने, आवश्यक जंगल बचाउने, त्यहाँ बाँचिरहेका जनावर बचाउने र साझा बासस्थानको रूपमा प्रयोग गरिरहेका समुदाय बचाउने कार्य समेत हो । फाउन्डेसनबाट हामीले दिगोपना र वातावरण प्रवर्धनप्रति बिवाइडीको प्रतिबद्धतालाई पुनःपुष्टि गरेका छौँ,” साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने।

    इलेक्ट्रिक मोबिलिटीमा बिवाइडी डल्फिन इभिले गरिरहेको नवप्रवर्तनलाई नेपालको संरक्षण प्रयाससँग मिलाएर सीबीसीएफ प्रोजेक्ट डल्फिनले दिगो विकास र वन्यजन्तु संरक्षणमा बीवाईडी एक कदम अगाडि बढेको देखाएको छ । नयाँ प्रविधि र संरक्षणलाई जोड्ने कार्यमा अर्थपूर्ण पहल गर्ने कार्यलाई भविष्यमा समेत अझै बढावा दिने कार्यमा साइमेक्स बिवाइडी च्यारिटी फाउन्डेसन सदैव प्रतिबद्ध रहने अध्यक्ष श्रेष्ठले बताए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend