२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सानिमा जिआइसी इन्स्योरेन्सको सातौं वार्षिक सभा सम्पन्न


सञ्चार डबली
  • बिहीबार , चैत २१ २०८१
  • 6.4K
    SHARES

  • images
    सानिमा जिआइसी इन्स्योरेन्सको सातौं वार्षिक सभा सम्पन्न

    विहीबार, २१ चैत्र २०८१
    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारण सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो ।

    सभाले हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।

    साथै २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत हकप्रद जारी गर्ने, गत आवमा भएको खर्च अनुमोदन गर्ने, सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्ने र प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

    सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुक क्लोज गरेको थियो । बुक क्लोजका आधारमा चैत ७ गतेसम्म कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend