२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता ललितपुर सिटी विजयी


सञ्चार डबली
  • बिहीबार , चैत २१ २०८१
  • 6.1K
    SHARES

  • images
    तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता ललितपुर सिटी विजयी

    काठमाडौं । तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो जित निकालेको छ। तनावपूर्ण खेलमा आज ललितपुरले पोखरा थन्डर्सलाई ३-२ ले हरायो। पोखराको यो लगातार दोस्रो हार हो।

    दशरथ रंगशालामा भएको खेलमा ललितपरले ११ औं मिनेटमा नै अग्रता बनायो। विदेशी खेलाडी जोनाथन इडवार्डोको कर्लिङ कर्नर प्रहार पोखराका गोलकिपर गिलामो प्रिसोलाई डिफलेक्ट हुँदै गोल भयो। खेलमा गोल गर्ने अवसर सिर्जना गर्न नसकेको पोखराले खेलको ४२ औं मिनेटमा बनाएको पहिलो मुभमा नै गोल गर्यो।

    आयुष घलानको क्रसमा सबस्टिच्युट नवयुग श्रेष्ठको प्रहारलाई ललितपुरका गोलकिपर जेफ्री बाल्टसले रोके । रिबाउन्डमा मार्की खेलाडी समिर तामाङले गोल गर्न सफल भए र खेल १-१ को बराबरीमा पुग्यो।

    तर पोखराको यो खुसी धेरै बेर टिकेन । इन्ज्युरी समयको दोस्रो मिनेटमा ललितपुरले फेरि अग्रता बनायो। मणि लामाको सहयोगमा पोखराका गोलकिपर प्रिसोसँगको वान भर्सेज वानमा जो आइडोले गोल गरे। यो सँगै पहिलो हाफमा ललितपुरले २-१ को अग्रता बनायो।

    खेलमा फर्कन आतुर पोखराले निरन्तर गोल गर्ने प्रयास गर्यो। तर सफल हुन सकेन। ६३ औं मिनेटमा नवयुगको क्रसमा स्टेफन समिर बिनोङले हेडरलाई राम्ररी कनेक्ट गर्न सकेनन्। ६६ औं मिनेटमा पोखराले बराबरी गोल गर्ने राम्रो मौका गुमायो। सुदिल राईको प्रहारमा गोलकिपर विली जेफ्री बाधक बने।

    ७५ औं मिनेटमा ललितपुर भने चुकेन। सनिश श्रेष्ठको क्रसमा जोनाथन इडवार्डोले बक्सभित्रबाट गोल गरे। यो सँगै ललितपुरले ३-१ को स्पष्ट अग्रता बनायो। खेलको ८१ औं मिनेटमा समिरको क्रसमा नवयुग भलि प्रहारलाई गोल रक्षक जेफ्रीले रोके। यो बललाई पोष्ट भित्रबाट बचाएको भनेर पोखराले विरोध जनायो। रेफ्रीसँग असन्तुष्टि पोख्यो। यद्दपी खेल जारी रह्यो।

    बल डेड हुँदा समिर तामाङले फेरि रेफ्रीसँग गुनासो गर्दै गर्दा पोखराका अफिसियल सुन्दर थापा जसको नाम लाइन अपमा थिएन। उनी पनि जाइलाग्न पुगे। उनले एन्फाका प्रतियोगिता निर्देशक सन्जिव मिश्रलाई समेत लडाइदिए। केहिबेर खेल रोकियो।

    यसपछि थफ इन्ज्युरी समयको १० औं मिनेटमा समिरको पासमा जो आइडोले गोल गरे। तर पनि खेल ललितपुरले ३-२ ले जितेको छ। जारी एनएसएलमा पहिलो जित निकालेको ललितपुरले २ खेलबाट ४ अंक बनाएको छ। ललितपुरले पहिलो खेल काठमाडौंसँग २-२ गोलको बराबरी खेलेको थियो।

    पोखराको यो लगातार दोस्रो हार हो। उसले अंकको खाता खोल्न सकेको छैन। पोखरा पहिलो खेलमा चितवनसँग २-० ले हारेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend