२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

तेस्रो एनसेल नेपाल सुपर लिगमा धनगढी एपसीले बुटवल लुम्बिनी एफसीलाई ४–१ ले हरायो


सञ्चार डबली
  • बुधबार, चैत २० २०८१
  • 7.9K
    SHARES

  • images
    तेस्रो एनसेल नेपाल सुपर लिगमा धनगढी एपसीले बुटवल लुम्बिनी एफसीलाई ४–१ ले हरायो

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा धनगढी एपसीले विजयी सुरुआत गरेको छ । मंगलबार काठमाडौंस्थित दशरथ रंगशालामा सम्पन्न आफ्नो पहिलो खेलमा बुटवल लुम्बिनी एफसीलाई ४–१ ले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

    धनगढीको जितमा अहमद हिजाजीले दुई गोल गरे । यस्तै, कृतिस रत्न छुँजु र सर्जियो बर्बाउचोले एक एक गोल गरे । बुटवलका कान्ता हाराले एक गोल फर्काए ।

    छैटौँ मिनेटमा धनगढीका हिजाजीले टोलीलाई अग्रता दिलाए । उनले १८ यार्ड बक्सभित्र महम्मत अल जाउनीको पासमा सुन्दर गोल गरे । ३१औँ मिनेटमा बुटवल लुम्बिनीका कान्ता हाराको गोलमा खेलमा पुनरागमन गर्‍यो । तर, यो पुनरागमन बराबरीका निम्ति पर्याप्त बन्न भने सकेन ।

    ७५औँ मिनेटमा कृतिस छुँजुले गोल गर्दै धनगढीलाई पुनः २–१ को अग्रतामा राखे । उनले लुम्बिनीका तीन डिफेन्डरलाई बिट गर्दै सुन्दर एकल गोल गरे । इन्जुरी समयमा साविक उपविजेता धनगढीले दुई गोल थपेपछि ४–१ को सहज जित पक्का गरेको हो । इन्जुरी समयमा हिजाजीले दोस्रो गोल गर्दै धनगढीको अग्रतालाई ३–१ को स्थितिमा राखे । अन्तिम मिनेटमा बारबोउजुले धनगढीबाट गोल गर्दै सहज जित पक्का गरे ।

    जितसँगै तीन अंक जोडेको धनगढी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा बुटवलको भने यो दोस्रो खेल हो । बुटवल यसअघि पहिलो खेलमा झापा एफसीविरुद्ध गोलरहित बराबरीमा रोकिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend