२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

तेस्रो एनसेल एनएसएलमा एफसी चितवनले पोखरा थन्डर्सलाई २-० गोल अन्तरले हरायो


सञ्चार डबली
  • मंगलबार, चैत १९ २०८१
  • 6.4K
    SHARES

  • images
    तेस्रो एनसेल एनएसएलमा एफसी चितवनले पोखरा थन्डर्सलाई २-० गोल अन्तरले हरायो

    काठमाडौं । तेस्रो एनसेल एनएसएलमा एफसी चितवनले पोखरा थन्डर्सलाई २-० गोल अन्तरले हराएको छ। नोडिर माभलोनोभ र निरज चौधरीले गोल गरे। जारी सिजनमा जित निकाल्ने चितवन पहिलो टोली बन्यो। यसअघि भएका २ खेल बराबरीमा सकिएको थियो।

    दशरथ रंगशालामा आज भएको खेलको १४ औं मिनेटमा नै चितवनले अग्रता बनायो। भिक्टर मानसारेले कट ब्याक गर्दै दिएको पासमा शिशिर लेखीले छोडिदिएको बलमा नोडिर माभलोनोभको राइट फुटेट सट उत्कृष्ट गोलमा परिणत भयो। पहिलो हाफमा चितवनले १-० को अग्रता बनायो।

    ५७ औं मिनेटमा समिर तामाङको क्रसमा स्टेफन बिनोङको हेडर चुक्यो। पोखराले बराबरी गोल गर्ने उत्कृष्ट मौका गुमायो।खेलमा दबाब बनाएको चितवनले ६० औं मिनेटमा अर्को मौका खेर फाल्यो। छिरिङ गुरूङले दिएको पासमा अनमार्क रहेका भिक्टरको प्रहार सिधै पोखराका गोल रक्षक प्रिसोको हातमा पुग्यो।

    आधा दर्जन भन्दा बढी मौका गुमाएको चितवनले इन्ज्युरी समयमा दोस्रो गोल गर्यो। काउन्टर अट्याकमा भिक्टरको थ्रु पासमा सब्स्टिच्युट निरज चौधरीले गोल गरे। यो सँगै चितवनले २-० को जित हात पार्यो। चितवनले महत्वपुर्ण ३ अंक जोड्यो।

    चितवनले एनएसएलमा नै दर्ज गरेको यो तेस्रो जित हो। उसले पहिलो सिजनमा जित निकाल्न सकेको थिएन। दोस्रो सिजनमा भने दुई खेल जितेको थियो। साथै चितवनले पोखरालाई हराएको पनि यो पहिलो पटक हो। यसअघि पहिलो र दोस्रो सिजनमा पोखराले चितवनलाई हराएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend