२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

साफ च्याम्पियनसिपको उदघाटन खेलमा नेपाल–कुबेत भिड्दै


सञ्चार डबली
  • बुधबार, असार ६ २०८०
  • 9.5K
    SHARES

  • images
    साफ च्याम्पियनसिपको उदघाटन खेलमा नेपाल–कुबेत भिड्दै

    काठमाडौं, ६ असार । साफ च्याम्पियनसिपको उदघाटन खेलमा आज नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ ।आज भारतको बैंगलोरमा हुने प्रतियोगिताको उद्‌घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँन लागेको हो । सो खेल दिउँसो ३ः४५ बजेबाट सुरू हुनेछ ।

    कुबेत पहिलो पटक दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा भाग लिन लागेको हो ।आमन्त्रित टिमको रुपमा साफमा सहभागी हुन लागेको कुबेतसँग नेपालले आज आफनो जीत दर्ज गराउने उदेश्यका साथ मैदानमा उत्रदैछ ।

    प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले छोटो तयारीका बिचमा प्रतियोगितामा सामेल हुन लागेको नेपाली टिमले कठिन चुनौतीको सामना गर्न सक्षम रहेको बताएका छन् । गत वर्ष मात्रै एसियन कपको छनोटमा कुवेतसँग नेपाल ४–१ गोलले पराजय भएको थियो । यससँगै नेपाल र कुवेतका बिचमा ५ खेल भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend