५ असार २०८०, मंगलबार
काठमाडौं । आईसीसी विश्वकप छनोटको खेलमा नेपालद्वारा अमेरिका माथि ६ विकेटको सहज जित निकालेको छ । आइतबार जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा अमेरिकाले नेपाललाई जितका लागि २०८ रनको लक्ष्य दिएको छ ।
अमेरिकाले प्रस्तुत गरेको २०८ रनको लक्ष्य पछ्याइरहेको नेपालका नेपालका लागि आसिफले १२ रन जोडे । आसिफ सौरभ नेत्रावाल्कर गरेको ओभरको एलबीडब्लू धरापमा परे । कुशलले ५४ बलमा चार चौका र एक छक्कासहित ३९ रन जोडे । कुशल नोस्थुस केन्जिगेको ओभरमा ‘कट एन्ड बोलेड’ भए । कुशलले यसअघि छनोटको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध ९९ रन बनाएका थिए । कप्तान रोहितकुमार पौडेललाई तेस्रो विकेटको रुपमा गुमाएको छ । कप्तान रोहितलाई स्कोरबोर्डमा ११२ रन जोड्दा तेस्रो विकेटको रुपमा गुमाएको हो । कुशल मल्ल १३ रन जोड्दा चौथो विकेटको रुपमा गुमाएको हो । नेपालबाट भीम सार्की ७७ रनको उत्कृष्ट पालि खेले । ।
दीपेन्द्रसिंह ऐरीले ३९रन जोडे ।
जिम्बाब्वेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा जारी भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २०७ रनको योगफल बनायो । अमेरिकाका लागि शायन जाहाँगीरले शतकीय पारी खेले । उनले ७९ बलमा १० चौका र तीन छक्काको मद्दतमा अविजित एक सय रन बनाए । यस्तै सुशान्त मोदनीले ४२ रन बनाए । उनले ७१ बलमा तीन चौका र एक छक्का प्रहार गरे । त्यस्तै गजानन्द सिंहले २६ रन बनाए । उनले ४१ बलमा दुई चौका र एक छक्का प्रहार गरे । जसदिप सिंहले २५ बलमा १२ रन बनाए ।



