२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यस्तो छ, आजको तरकारी र फलफूलको थोक मूल्य


सञ्चार डबली
  • मंगलबार, चैत १२ २०८१
  • 7.5K
    SHARES

  • images
    यस्तो छ, आजको तरकारी र फलफूलको थोक मूल्य


    काठमाडौं ।   कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ३०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २०, आलु रातो प्रतिकिलो रु ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५०, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १०, बन्दा (तराई) प्रतिकिलो रु १०, बन्दा (नरिवल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु १०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३० तथा भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु १०० कायम गरिएको छ ।

    यसैगरी, मटरकोसा प्रतिकिलो रु ४०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ६०, तितो करेला प्रतिकिलो रु ११०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ७०, परबर (तराई) प्रतिकिलो रु ७०, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ४०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, सलगम प्रतिकिलो रु ५० तथा भिण्डी प्रतिकिलो रु १०० कायम गरिएको छ । 
    यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ३०, पिँडालु प्रतिकिलो रु ७०, स्कूस प्रतिकिलो रु ३०, रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग रु ६०, तोरीको साग प्रतिकिलो रु ३०, मेथीको साग प्रतिकिलो रु ६०, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३०० तथा कुरिलो प्रतिकिलो रु ५०० निर्धारण गरिएको छ ।

    निगुरो प्रतिकेजी रु ११०, ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ५०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु १५०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ५०, ग्याठकोभी प्रतिकिलो रु ५०, सेलरी प्रतिकिलो रु १००, पार्सले प्रतिकिलो रु २५०, सौफको साग प्रतिकिलो रु ५०, पुदिना प्रतिकिलो रु २५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १४०, तामा प्रतिकिलो रु ९०, तोफु प्रतिकिलो रु ११० र गुन्द्रुकको मूल्य प्रतिकिलो रु ३०० तोकेकोे छ ।

    समितिले स्याउ (झोले) प्रतिकिलो रु २३०, स्याउ (फूजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १४०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३००, अङ्गुर (हरियो) प्रतिकिलो रु १८०, अङ्गुर (कालो) प्रतिकिलो रु २३०, सुन्तला (भारतीय) प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु १८०, जुनार प्रतिकिलो रु १५०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु ९०, निबुवा प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २४०, मेवा (नेपाली) प्रतिकिलो रु ४०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १००, लप्सी प्रतिकिलो रु १२०, स्ट्रबेरी (भुइँऐसेलु) रु २००, किबी प्रतिकिलो रु ४०० तथा आभोकाडो प्रतिकिलो रु ६००, अमलाको मूल्य प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend