२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा आर्थिक सहयोग प्रदान  


सञ्चार डबली
  • शुक्रबार, चैत १ २०८१
  • 7.2K
    SHARES

  • images
    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा आर्थिक सहयोग प्रदान  

    शुक्रबार, चैत १, २०८१
    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत Kathmandu Institute of Child Health (KIOCH) लाई रु.३०,००,००० (अक्षेरुपी तीस लाख) आर्थिक सहयोग प्रदान गरेको छ ।

    उक्त अवसरमा कम्पनीका अध्यक्ष हेम राज ढकालले Kathmandu Institute of Child Health (KIOCH) का अध्यक्ष डा.भगवान कोइरालालाई चेक हस्तान्तरण गरे ।

    उक्त अवसरमा कम्पनीका संचालक समितिका सदस्य राजेन्द्र सिंह भण्डारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उपस्थिति रहेको थियो ।

    कम्पनीबाट प्रदान भएको यो रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्ने गरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुयाउने उद्देश्य लिई स्थापना भएको Kathmandu Institute of Child Health (KIOCH) ले काठमाण्डौँको गोल्फुटार, बुढानिलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुनेछ । सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले Kathmandu Institute of Child Health (KIOCH) का व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले सामाजिक उत्तरदायीत्व अन्तर्गत आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त  गरे ।

    साथै, उक्त अवसरमा श्रेष्ठले समयमा निर्माण कार्य सम्पन्न गरी अस्पतालबाट बालबालिकाहरुले विशिष्टिकृत स्वास्थ्य सेवा प्राप्त गर्ने छन् भनि अध्यक्ष डा. भगवान कोइराला लगायत व्यवस्थापन समूहलाई शरण रेग्मी नायव प्रमुख कार्यकारी अधिकृतले शुभकामना  दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend