२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड बन्यो एनएसएल सिजन ३ को लागि काठमाडौं रेजर्सको टाइटल स्पोन्सर


सञ्चार डबली
  • बिहीबार , फागुन २९ २०८१
  • 6.1K
    SHARES

  • images
    यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड बन्यो एनएसएल सिजन ३ को लागि काठमाडौं रेजर्सको टाइटल स्पोन्सर

    बुधवार, फागुन २८ २०८१
    काठमाडौं । यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले नेपाल सुपर लिग (NSL) सिजन ३ का लागि टिम काठमाडौं रेजर्सको टाइटल स्पोन्सरको रूपमा साझेदारी गरेको छ।

    यामाहा खेलकुद र युवा सहभागितालाई प्रोत्साहित गर्ने ब्रान्डको रूपमा परिचित छ। नेपाली फुटबल संस्कृतिलाई सशक्त बनाउन तथा युवा खेलाडीहरूलाई उर्जा दिन यामाहा निरन्तर प्रतिबद्ध रहेको जनाएको छ ।

    एनएसएलको पहिलो सिजनको उपाधि जितेर इतिहास रचेको काठमाडौं रेजर्स लिगको एक सशक्त टोलीका रूपमा स्थापित छ।बलियो टोली र साहसी खेल शैलीका साथ टोली सिजन ३ मा पुनः आफ्नो प्रभाव जमाउन दृढ रहेको दाबी गरेको छ । यस रोमाञ्चक यात्रामा यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले टोलीलाई समर्थन गर्दै सफलताको दिशामा अघि बढ्न प्रेरित गरिरहेको छ।

    यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड विशेष गरी स्टाइल, शक्ति र इन्धन–कुशलता खोज्ने राइडरहरूका लागि डिजाइन गरिएको हो। हाइब्रिड पावर असिस्टले सुसज्जित यस स्कूटरले गति बढाउँदा अतिरिक्त बूस्ट प्रदान गर्दछ, जसले रोमाञ्चक र सहज सवारी सुनिश्चित गर्दछ।

    यसको हलुका बडी, स्मार्ट मोटर जेनरेटर (SMG) प्रणाली र BS6-कम्प्लाएन्ट फ्युल-इन्जिनले यसलाई आफ्नो खण्डमा सबैभन्दा इन्धन किफायती र पर्फर्मेन्स ड्रिभन स्कूटरहरू मध्ये एक बनाउँछ। शहरको ट्राफिकमा चल्न होस् वा खुला सडकहरूमा क्रूज गर्न, रेजेडआर १२५ एफआई हाइब्रिडले उत्कृष्ट सवारी अनुभवको ग्यारेन्टी दिने विज्ञप्तिमा उल्लेख छ ।

    नेपाल सुपर लिग नेपालकै पहिलो फ्रेन्चाइजी- आधारित फुटबल प्रतियोगिता हो, जसमा देशका उत्कृष्ट खेलाडीहरू उच्च स्तरमा प्रतिस्पर्धा गर्छन्। यो लिगले नेपाली फुटबलको स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ। यसले नयाँ प्रतिभाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अवसर प्रदान गर्दै देशभर फुटबलको लोकप्रियता बढाएको  भनिएको छ ।

    यामाहाले नेपाली खेलकुदप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धता देखाउँदै एनएसएलको पहिलो सिजनदेखि नै काठमाडौं रेजर्सको स्पोन्सर रहँदै आएको हो । यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले प्रतिस्पर्धात्मक भावना र उत्कृष्टताको संस्कृतिलाई प्रवर्द्धन गर्न युवा खेलाडी र फुटबलप्रेमीहरूको जोशलाई अझ ऊर्जा दिने लक्ष्य राखेको छ।

    एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल नेपालकै अग्रणी दुई–पाङ्ग्रे ब्रान्ड हो। अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र ग्राहक सन्तुष्टिमा केन्द्रित भएर यामाहाले बजारमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ। यामाहा गुणस्तरीय सेवा र उत्कृष्ट ग्राहक हेरचाहमार्फत प्रत्येक राइडरलाई सुरक्षित र आरामदायी सवारी अनुभव प्रदान गर्न प्रतिबद्धता देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend