२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१ औँ वार्षिक साधारण सभा सम्पन्न


सञ्चार डबली
  • मंगलबार, फागुन २७ २०८१
  • 6.7K
    SHARES

  • images
    हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१ औँ वार्षिक साधारण सभा सम्पन्न

    मंगलबार, २७ फागुन २०८१, 
    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आफ्नो ३१ औं वार्षिक साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा सम्पन्न गरेको छ।

    सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित चुक्तापुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको कुल ८.७ प्रतिशतले हुने आउने २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) पारित गरियो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ।

    उक्त साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीको प्रविधि र प्रतिभामा वर्तमानमा गरेको लगानीको माध्यमबाट दीर्घकालिन रुपमा श्रोतहरुको परिचालन गरि दिगो लाभ लिन सकिनेमा विश्वास लिएको बताउनुभयो । साथै उहाँले सबै सरोकारवालाहरुको विश्वास र सहयोगबाट कम्पनीलाई गतिशील बनाउँदै निर्जीवन बीमा क्षेत्रमा अग्रणी रुपमा स्थापित हुनेमा आफू पूर्णरुपमा विश्वस्त रहेको पनि उल्लेख गर्नुभयो ।

    सभामा आफ्नो स्वागत मन्तव्य राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले नविनतम प्रविधिको प्रयोगबाट निर्जीवन बीमाका ग्राहकहरुलाई सेवा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रतिष्ठित संस्था बनाउने आफ्नो अधिकतम प्रयास रहेको बताउनुभयो ।

    सभामा शेयरहरुका तर्फबाट जगन्नाथ आचार्य, उत्तमदत्त पाण्डे, सुदिप श्रेष्ठ लगायतका शेयरधनीहरुले आफ्नो मन्तव्य राखेका थिए । कम्पनीले ८.७% नगद लाभांस प्रदान गरेकोमा अधिकांश शेयरधनीहरुले खुशी व्यक्त गरेका थिए ।साधारण सभामा सञ्चालक समितिका सदस्यहरु, शेयरधनी महानुभावहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

    साधारण सभा र लाभांश वितरणको प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता २०८१ फागुन १५ गते बन्द गरिएको थियो । २०८१ फागुन १४ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिई कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend