२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य


सञ्चार डबली
  • आइतबार, फागुन २५ २०८१
  • 6.7K
    SHARES

  • images
    यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

    काठमाडौं । कालीमाटी फलफूल  तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

    सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा आज ठूलो गोलभेँडा २२.३३ रुपैयाँमा बिक्री भएको छ । यस्तै सानो गोलभँेडा १८, रातो आलु ३२, प्याज ६२.३३, गाजर लोकल ३५, गाजर तराई २७.६७, बन्दा लोकल १०, बन्दा नरिवल १२.३३, स्थानीय काउली १७.६७, स्थानीय काउली ज्यापु १७.६७, सेतो मुला १७.६७, लाम्चो भान्टा ३५, डल्लो भान्टा ५५, घिउ सिमी लोकल ४५, घिउ सिमी हाइब्रीड ४५, घिउ सिमी राजमा ८५ र टाटे सिमी ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    यस्तै तिते करेला १२५, लौंका ४५, परवर लोकल १०५, परवर तराई १९०, घिरौला ८५, झिगुनी ८५, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो १२.३३, हरियो फर्सी डल्लो १२.३३, भिण्डी १०५, बरेला ४५, पिडालु ९५, स्कुस ३५, रायो साग ३५, पालुङ्गो साग ५५, चमसुर साग ७५, तोरीको साग ३५, मेथीको साग ५५, प्याज हरियो २५, बकुला ४५, तरुल ८५, कन्ये च्याउ ८३.३३, डल्ले च्याउ ३७६.६७, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ३५, बन्दा रातो ४५, जिरीको साग ४५, सेलरी १२६.६७, पार्सले २७६.६७, अदुवा ९०, भेडे खुर्सानी ८० र नेपाली लसुन २२५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    यसैगरी स्याउ(झोले) २४० रुपैयाँ, स्याउ(फूजी)३१० रुपैयाँ, केरा १४५ रुपैयाँ,कागती २५५ रुपैयाँ, अनार ३२६.६७ रुपैयाँ, अंगुर(हरियो)१९० रुपैयाँ, अंगुर(कालो)२४० रुपैयाँ, सुन्तला(भारतीय) १४५ रुपैयाँ र तरबुजा(हरियो)५७.६७ रुपैयाँमा बिक्री भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend