२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एनसेल बन्यो तेस्रो संस्करणको ‘नेपाल सुपर लिग २०२५’को टाइटल स्पोन्सर


सञ्चार डबली
  • शुक्रबार, फागुन २३ २०८१
  • 6.8K
    SHARES

  • images
    एनसेल बन्यो तेस्रो संस्करणको ‘नेपाल सुपर लिग २०२५’को टाइटल स्पोन्सर

    काठमाडौँ , फागुन २३ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको छ।

    एनएसएलनेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो।

    शुक्रबार ललितपुरको ‘द प्लाजा’मा आयोजित विशेष समारोहमा यस साझेदारीको घोषणा गरिएको थियो। यस सहकार्य अन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवर्द्धन गर्दै नेपाली फुटबलप्रेमीहरूको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्ने एनसेलले जनाएको छ। साथै, यसले नेपालका उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ।

    सन् २०२१ मा स्थापना भएको एनएसएललाई नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ। थुप्रै क्षेत्रीय फ्रेन्चाइज टोलीहरूको प्रतिनिधित्व गर्दै यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाइरहेको छ।

    नेपाल सुपर लिगको आधिकारिक खेल तालिका २९ मार्च २०२५ बाट सुरू हुनेछ। यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरूबीच कडा प्रतिस्पर्धा हुनेछ। देशभरका फुटबल प्रेमीहरूका लागि यो उत्साहजनक र रोमाञ्चक क्षण हुनेछ जहाँ विभिन्न टिमहरू उपाधी जित्नको लागि प्रतिस्पर्धा गर्नेछन्

    पत्रकारहरूसँग कुरा गर्दै नेपाल सुपर लिगका म्यानेजिङ डाइरेक्टर श्रेयांस कार्कीले भने, ‘हामी एनसेललाई एनएसएलको टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा निकै उत्साहित छौँ। यो साझेदारीले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने छ र बलियो फुटबल संस्कृतिको निर्माणमा सहयोग गर्नेछ।’

    त्यस्तै, एनसेलका चिफ कमर्सियल अफिसर उमैर मोहसिनले भने, ‘हाम्रो एनएसएलसँगको सहकार्यले खेल विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। हामी फुटबलले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने शक्ति राख्छ भन्नेमा विश्वास गर्छौं। एनएसएललाई समर्थन गरेर हामी नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्दै देशलाई गर्व गराउने अवसर दिन चाहन्छौँ। यो सहकार्य हाम्रो थिम ‘हामी तपाईंकै लागि’मा आधारित रहेको छ र यसले विकास, नवीनता र उत्कृष्टताप्रति समान समर्पणको भावना दर्शाउने खेलकुद क्षेत्रप्रति रहेको हाम्रो गहिरो सम्मान र आकर्षणलाई प्रतिबिम्बित गर्छ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend