२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बंगलादेशका मुशफिकुरको एकदिवसीय क्रिकेटबाट सन्यास


सञ्चार डबली
  • शुक्रबार, फागुन २३ २०८१
  • 6.1K
    SHARES

  • images
    बंगलादेशका मुशफिकुरको एकदिवसीय क्रिकेटबाट सन्यास
     

    काठमाडौँ । बंगलादेशका ब्याट्सम्यान मुशफिकुर रहिमले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् । मुशफिकुरले सामाजिक सञ्जालमार्फत आफ्नो सन्यासको जानकारी दिएका हुन् । बंगलादेश च्याम्पियन्स ट्रफीबाट बाहिरिएको एक हप्तापछि रहिमले सन्यासको घोषणा गरेका छन् ।मुशफिकुरको एकदिवसीय करियर १९ वर्षको रह्यो । उनी बंगलादेशका पूर्व कप्तान पनि हुन् ।

    मुशफिकुरले सामाजिक सञ्जालमा लेखेका छन्- 'म आज एकदिवसीय क्रिकेटबाट सन्यास लिँदैछु । हाम्रा अन्तर्राष्ट्रिय क्रिकेटमा उपलब्धिहरू कम छन् । तर जब म देशको लागि खेले, म पूर्ण समर्पण र इमानदारीका साथ खेले । पछिल्ला केही हप्ताहरू मेरा लागि धेरै गाह्रो भएको छ ।'

    मुशफिकुर रहिम बंगलादेशका लागि दोस्रो सर्वाधिक एकदिवसीय रन बनाउने खेलाडी हुन् । उनले २७४ एकदिवसीय खेलमा ७७९५ रन बनाएका छन् । जसमा ९ शतक र ४९ अर्धशतक समावेश छन् । साथै, उनी २५० भन्दा बढी एकदिवसीय खेल खेल्ने केवल ५ विकेटकिपरमध्ये एक हुन् । रहिम सूचीमा चौथो स्थानमा छन् ।

    उनले २०२२ को टी-२० विश्वकपपछि ३७ बर्षिय मुशफिकुरले टी-२० बाट सन्यास लिएका थिए । उनले टेस्ट क्रिकेट भने खेल्ने बताएका छन् । अहिलेसम्म ९४ टेस्ट खेलेका छन् । यदि रहिमले १०० टेस्ट खेले भने, उनी यो आंकडामा पुग्ने पहिलो बंगलादेशी खेलाडी बन्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend