२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आज काठमाडौँमा केही तरकारीको भाउ घट्यो, कुनको मूल्य कति ? मूल्यसूची


सञ्चार डबली
  • बिहीबार , फागुन २२ २०८१
  • 6.2K
    SHARES

  • images
    आज काठमाडौँमा केही तरकारीको भाउ घट्यो, कुनको मूल्य कति ? मूल्यसूची

    काठमाडौँ , फागुन २२ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज केही तरकारीको भाउ घटेको छ भने केहीको बढेको छ । आज भिण्डीको भाउ घटेर प्रतिकेजी १२५ रुपैयाँ कायम भएको छ भने सखरखण्ड ६५ रुपैयाँ, बरेला ३५ रुपैयाँ, बन्दा १० रुपैयाँ, नरिवल बन्दा, स्थानीय तथा तराई काउली १२ रुपैयाँ ३३ पैसामा झरेको छ ।

    यसैगरी, ज्यापु काउली प्रतिकेजी १७ रुपैयाँ ६७ पैसा, डल्ले च्याउ २७६ रुपैयाँ ६७ पैसा, कुरीलो एक हजार रुपैयाँ, सजिवन १७५ रुपैयाँ, सुकेको खुर्सानी ३१५ रुपैयाँ, हरियो खुर्सानी १०५ रुपैयाँ, बुलेट खुर्सानी ११५ रुपैयाँ र हरियो लसुनको भाउ प्रतिकेजी ४० रुपैयाँ कायम भएको छ ।

    यता, रातो आलुको भाउ बढेर प्रतिकेजी ३३ रुपैयाँ? सेतो लोकल मूला १७ रुपैयाँ ६७ पैसा, हाइब्रीड मूला २५ रुपैयाँ, टाटे सिमी ७५ रुपैयाँ, तितो करेला १२० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ, पुदीना १७६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ ३२० रुपैयाँ, कागती २५५ रुपैयाँ र भेडे खुर्सानी ८३ रुपैयाँ ३३ पैसा पुगेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend