२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

युइएफए नेसन्स लिगः नेदरल्याण्डलाई हराउँदै इटली तेस्रो स्थानमा


सञ्चार डबली
  • सोमबार, असार ४ २०८०
  • 8.5K
    SHARES

  • images
    युइएफए नेसन्स लिगः नेदरल्याण्डलाई हराउँदै इटली तेस्रो स्थानमा

    काठमाडौं, ४ असार । इटालीले युइएफए नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको छ ।घरेलु टोली नेदरल्यान्ड्समाथि ३–२ को जित निकाल्दै इटाली नेसन्स लिगमा तेस्रो भएको हो । नेदरल्यान्ड्समा आइतबार राति भएको खेलको पहिलो हाफमा नै इटालीले अग्रता दोब्बर पारेको थियो ।

    खेलको सुरुवाती मै अर्थात छैटौं मिनेटमा फेडरिको डिमार्कोले गोल गर्दै इटालीलाई १–० को अग्रता दिलाए ।र, २०औं मिनेटमा डाभिड फ्राटेसीले गोल गर्दै पहिलो हाफमा नै इटालीको अग्रता दोब्बर पारे ।

    दोस्रो हाफको ६८औं मिनेटमा न्युजिल्याण्डका स्टेभन वर्गवाइनले गोल गर्दै खेललाई २–१ को स्थितिमा फर्काए तर ७२औं मिनेटमा फेडरिको चिइसाले गोल गरेपछि इटालीले ३–० को सहज अग्रता लियो ।

    ८२औं मिनेटमा ओउट वेगह्रष्टले गरेको गोलले भिएआरबाट मान्यता नपाए पछि निराश नेदरल्यान्ड्सले खेल सकिनु अघि मात्र ८९औं मिनेटमा जर्जिन्हो वाइनाल्डमले गोल गरे पछि खेल ३–२ को स्थितिमा फर्कियो । तर, समयको अन्तिम अवस्थामा रहेका कारण थप गोल निस्कन नसक्दा इटाली विजयी हुँदै तेस्रो स्थान हासिल गर्न सफल भयो ।नेसन्स लिगको उपाधि लागि आज राति क्रोएसिया र स्पेनबीच प्रतिस्पपर्धा हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend