२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल लाइफ इन्स्योरेन्सको योजना ‘छुट्ला है छुट’ :  बिलम्ब शुल्क ५० प्रतिशत तिरे पुग्ने


सञ्चार डबली
  • बिहीबार , फागुन १५ २०८१
  • 6.2K
    SHARES

  • images
    नेपाल लाइफ इन्स्योरेन्सको योजना ‘छुट्ला है छुट’ :  बिलम्ब शुल्क ५० प्रतिशत तिरे पुग्ने

    बिहिवार, फागुन १५ २०८१
    काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘छुट्ला है, छुट’योजना सार्वजनिक भएको छ । नेपालको सर्वाधिक विश्वासिलो मानिएको जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले बिमितहरूले बिमा लेख नविकरणमा बिलम्ब शुल्क ५० प्रतिशत मात्रै तिर्दा पुग्ने छुट योजना सावर्वजनिक गरेको हो  ।

    यो योजना अन्तर्गत यस कम्पनीका बिमितहरूले भुक्तानी गर्नुपर्ने नविकरण बिमाशुल्क भुक्तानी नगरि १८० दिन भन्दा माथि व्यतित भएका बिमालेखहरूमा फागुन १५ देखि २०८२/०२/१३ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ  ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी २५ औं वर्षमा प्रवेश गर्दै गरेको अवसरमा यो आकर्षक योजना सार्वजनिक गरिएको बताए ।

    उनले बीमितहरूको हितलाई मध्यनजर गर्दै यो विशेष योजना एक पटकको लागि सार्वजनिक गरिएको र व्यतित भएका बिमालेखहरू समयमा नै  नविकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुटको लाभ उठाउन आग्रह गरेका छन् । साथसाथै बीमालेखलाई निरन्तरता प्रदान गर्दै जोखिम हस्तान्तरण गरी ढुक्कका साथ जीवनयापन गर्न आग्रह गरे ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend