२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

फोटोन नेपालको ‘टोटल केयर एनुअल सर्भिस पार्टनर्स मीट’ सम्पन्न, आफ्टर सेल्स सर्भिस सुदृढ बनाउँदै


सञ्चार डबली
  • सोमबार, फागुन १२ २०८१
  • 8.4K
    SHARES

  • images
    फोटोन नेपालको ‘टोटल केयर एनुअल सर्भिस पार्टनर्स मीट’ सम्पन्न, आफ्टर सेल्स सर्भिस सुदृढ बनाउँदै

    सोमवार, फागुन १२ २०८१
    जुगेडी, चितवन । फोटोन नेपालले नेपालभरिबाट लगभग १७ वटा सर्भिस नेटवर्क पार्टनरहरूको सहभागितामा  टोटल केयर वार्षिक सर्भिस पार्टनर बैठकसम्पन्न गरेको छ ।

    रेजेन्टा रिसोर्ट र स्पामा सम्पन्न कार्यक्रमले फोटोनको भरपर्दो र कुशल ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई प्रमाणित गर्न प्रभावकारी आफ्टर सेल्स सर्भिसको निरन्तरता, कार्यसम्पादनको समीक्षा र भविष्यमा सुधारहरूको लागि तयारी गर्ने बारेमा विस्तृत रूपमा छलफल गरेको थियो।

    उक्त भेलाले फोटोनलाई आफ्टर सेल्स सर्भिसमा गत वर्षको कार्यसम्पादन मूल्याङ्कन गर्न एक रणनीतिक प्लेटफर्म प्रदान गर्दै भविष्यमा गर्न सकिने सुधारहरू पहिल्याउन समेत सघाएको थियो। यीमध्ये रेस्पोन्स समयको गति र सेवा दक्षतामा सुधारसँगै ग्राहक सन्तुष्टि बढाउनेलगायतका विषयहरू थिए।

    यो सँगै नेपालभरि फोटोन सेवाहरू प्राप्त गर्ने ग्राहकहरूका लागि पहुँच र सुविधा बढाउने उद्देश्यले सेवा नेटवर्क विस्तार योजना पनि प्रस्तुत गरिएको थियो ।

    ‘अ रिलायबल आफ्टर सेल् सर्भिस’ नाराले फोटोनको बढ्दो ग्राहक आधारलाई सेवा दिन उत्कृष्ट र सुसन्चारित सेवा नेटवर्क कति महत्त्वपूर्ण हुन्छ भन्ने जनाउँछ।

    प्रत्यक्ष रूपमा संलग्न सर्भिस पार्टनरहरूले कार्यशाला सञ्चालन, नयाँ सेवा प्रविधिहरूर सेवामा उत्कृष्टता बढाउने उत्तम अभ्यासहरूअवलम्बन गर्ने बारेमा महत्त्वपूर्ण छलफल गरेका थिए ।

    फोटोन नेपालले सेवा सुविधाहरूको स्तरोन्नति, प्राविधिकहरूका लागि उन्नत प्रशिक्षणर सेवा ट्र्याकिङ एवम् ग्राहक संलग्नता सुधार गर्न बलियो डिजिटल समाधानहरूको लागि रणनीतिक पहलहरू व्यक्त गरेर ग्राहक सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धताको बारेमा विस्तृत रूपमा वर्णन गरेको थियो ।

    कम्पनीका अनुसार, कुशल, समयमै दिइने बिक्री पछिको सेवाले ग्राहकको विश्वास निर्माण गर्न र बजारमा दीर्घकालीन सफलताको ग्यारेन्टी गर्न मुख्य भूमिका खेल्छ। सर्भिस पार्टनरहरूले आफ्टर सेल्स सर्भिसहरूको उत्कृष्टता प्रतिको प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमको सुखद अन्त्य भएको थियो ।

    फोटोन नेपालले सेवा साझेदारहरूको बहुमूल्य योगदान र सन्तुलित साझेदारी दृष्टिकोणका साथमा उनीहरूसँगको सहकार्यमा साकार भएका प्रयासहरूको लागि प्रशंसा गरेको थियो ।

    फोटोन नेपालआफ्ना सबै ग्राहकहरूले सम्भव भएसम्मको आफ्टर सेल्स सर्भिस प्राप्त गर्ने सुनिश्चितताका लागि प्रविधि र रणनीतिक सम्बन्धहरूमा लगानी गर्दै निरन्तर आफ्नो सेवा विस्तार गर्न प्रतिबद्ध छ।

    यो संस्था केही प्रस्तावित उपायहरू कार्यान्वयन गर्न र नेपालमा व्यावसायिक सवारी साधनको सेवा उत्कृष्टतामा बलियो स्थान बनाउन तत्पर छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend