२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेशनल लाइफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न


सञ्चार डबली
  • मंगलबार, फागुन ६ २०८१
  • 6.6K
    SHARES

  • images
    नेशनल लाइफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

    काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)को अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

    अभिकर्ताहरूको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२५ मा छनौट हुनका लागि तोकेको बिमा शुल्क सङ्कलन गरी नेपालभरबाट छनौट भएका १०० जना एमडिआरटी अभिकर्ताहरूलाई एक समारोहका बिच सम्मान गरेको छ ।

    समारोहमा प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई अग्रस्थानमा पु-याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यासहरू सुरु गरेको र यसबाट अभिकर्ताहरू उत्साही भएको बताए । 

    उनले अभिकर्ता संंजालको व्यवसायिकरणलाई सधैँ उच्च स्थानमा राख्दै विविध मासिक र बार्षिक प्रोत्साहन योजना पेश गर्दै आएकोमा आगामी दिनहरूमा पनि कम्पनीले यसमा यथासंभव लगानी गरिरहने जानकारी गराए । 

    जीवन बिमा व्यवसाय दिन प्रतिदिन व्यवसायिक हुँदै गईरहेको परिप्रेक्षमा कम्पनीले आफ्नो तर्फबाट सकभर प्रयास गरी विगत केही बर्ष देखी कम्पनीले उच्च बोनसदर प्रदान गर्दै आएकोले अभिकर्ताहरूलाई व्यवसायमा सहज भैरहेको बताउनु हुँदै एमडिआरटी २०२५ मा तोकिएको करिब ४७ लाख देखी ३ करोड सम्मको बिमाशुल्क सङ्कलन गरी ९४ जनाले एमडिआरटी ३ जनाले सिओटी र २ जनाले  टिओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल सबै १०० जना अभिकर्ताहरूलाई विशेष सम्मान गरेका थिए । 

    साथै निरन्तर ५१ दिनसम्म ५१ बिमालेख जारी गर्न सफल एमडिआरटी अभिकर्ता रूपक पराजुली र सबै भन्दा बढि एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल कलंकी शाखालाई पनि सम्मान गरेका थिए ।

    प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा द्विप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सो कार्यक्रममा सहभागि हुनु भएका प्रदेश प्रमुख, शाखा प्रमुख लगायत मार्केटिङ कर्मचारी र अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर विजय कुमार झाले जीवन बिमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरूको व्यवसायिक दक्षता अभिवृद्धि गरी निरन्तर एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै  तालिम प्रदान गरेका थिए ।

    विभागिय प्रमख, प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरूको समेत उपस्थिती रहेको सो भव्य समारोहमा विभिन्न मनोरन्जानात्मक प्रस्तुती, उपलब्धिमूलक उत्प्रेरक तालिम र उच्चस्तरको सम्मान कार्यक्रममा सम्मानित भई प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफहरूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागिेको सम्मानित बिजनेश लिडरहरूले बताए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend