२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आजको फलफूल तथा तरकारीको मूल्य, बढ्यो आलु, काउली, स्ट्रबेरीको भाउ 


सञ्चार डबली
  • मंगलबार, फागुन ६ २०८१
  • 6.7K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको मूल्य, बढ्यो आलु, काउली, स्ट्रबेरीको भाउ 

    काठमाडौं  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज केही तरकारी र फलफूलको भाउ घटेको छ भने केहीको बढेको छ । आज रातो आलुको भाउ बढेर प्रतिकेजी ३४ रुपैयाँ, रातो आलु ९भारतीय० ३१ रुपैयाँ, बन्दा र स्थानीय काउली र तराई काउलीको भाउ प्रतिकेजी १२ रुपैयाँ ३३ पैसा पुगेको छ । 
    यसैगरी, ज्यापु काउलीको भाउ बढेर प्रतिकेजी १७ रुपैयाँ ६७ पैसा, सखरखण्ड ७५ रुपैयाँ, 

    स्ट्रबेरी भुईऐसेलु ३७६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी ६५ रुपैयाँ पुगेको छ भने प्याज, गाजर, फर्सीलगायतका तरकारीको भाउ घटेको छ । आज सुकेको प्याज घटेर प्रतिकेजी ७६ रुपैयाँ कायम भएको छ भने लोकल गाजर २७ रुपैयाँ ६७ पैसा, तराई गाजर २२ रुपैयाँ ३३ पैसा, हरियो फर्सी १० रुपैयाँ, सेतो मूला २० रुपैयाँ निर्धारण गरिएको छ । 

    त्यस्तै, कन्य च्याउको भाउ घटेर प्रतिकेजी ९०  रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, भारतीय सुन्तला १०५ रुपैयाँ, भुई कटहर ९प्रतिगोटा० १६३ रुपैयाँ ३३ पैसा, लोकल काक्रो १०० रुपैयाँ, चाइनिज नासपाती २२३ रुपैयाँ ३३ पैसा, झोले स्याउ २१५ रुपैयाँ र ग्याठ कोबी ५५ रुपैयाँ पर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend