२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

५० देशका महिला उद्यमी सम्मेलन, ज्ञवालीको नेतृत्वमा नेपाली टोली बेलायतको म्यान्चेष्टर शहरमा


सञ्चार डबली
  • बिहीबार , फागुन १ २०८१
  • 5.2K
    SHARES

  • images
    ५० देशका महिला उद्यमी सम्मेलन, ज्ञवालीको नेतृत्वमा नेपाली टोली बेलायतको म्यान्चेष्टर शहरमा

     

    काठमाडौं ।  बेलायतको म्यान्चेष्टर शहरमा अन्तर्राष्ट्रिय व्यापार केन्द्रको आयोजनामा विश्वभरका महिला उद्यमीहरूको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। मंगलबारदेखि दुई दिनसम्म चलेको सम्मेलनमा महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीको नेतृत्वमा आएको नेपाली प्रतिनिधिमण्डलको सहभागिता रह्यो। 

    अध्यक्ष ज्ञवालीसहित नेपालबाट सुनील कश्मीरे प्रालिकी रेश्मा श्रेष्ठ, मनुषी लघुवित्त वित्तीय संस्था प्रालिकी नवीना ढकाल शाक्य, नेपाल सिल्ककी गीता श्रेष्ठ, अल्पाइन पश्मिना हाउस प्रालिकी लुम्बिना श्रेष्ठ, सुष्मा श्रेष्ठ र लुम स्टोरी प्रालिकी सपना बज्राचार्य लामा सहभागी भएका थिए।

    महिलाहरूको नेतृत्वमा चलाइएका व्यवसायको उत्पादनलाई विश्वको बजारमा पुर्याउन, नयाँ बजारको सम्भावना, आफ्ना उत्पादनहरू प्रदर्शन गर्न, व्यापारिक सञ्जाल स्थापना गर्न र बेलायती कम्पनीहरूसँगको अन्तर्क्रिया गर्ने उद्देश्यले सो मेला आयोजना गरिएको आयोजकले जनाएको छ।

    अन्तर्राष्ट्रिय व्यापार केन्द्र, जुन विश्व व्यापार संगठन र संयुक्त राष्ट्रसंघको संयुक्त एजेन्सी हो, विकासशील र संक्रमणशील अर्थव्यवस्थामा साना र मझौला उद्योगहरूलाई प्रोत्साहन र सहयोग गर्दै आएको छ।

    म्यान्चेष्टरमा १० एशियाली देश र अफ्रिकी देशहरू बंगलादेश, घाना, मंगोलिया, नाइजेरिया, पाकिस्तान, नेपाल, केन्या, मोजाम्बिक, रुवान्डा र जिम्बाब्वेसहित ५० महिला उद्यमीहरूको प्रतिनिधिमण्डलको उपस्थिति रहेको थियो।

    ज्ञवालीले नेपाली महिला उद्यमी महासंघ नेपाललाई मेलामा सहभागी हुन अवसर दिएकोप्रति आयोजकलाई धन्यवाद व्यक्त गर्दै नेपाली उत्पादनमा विदेशी बजार विस्तार गर्न र विभिन्न देशका महिला उद्यमीहरूसँग अनुभव साटासाट गर्नको लागि सम्मेलन फलदायी भएको बताइन्।

    उनले सम्मेलनमा नेपाली हस्तकलाबाट बनेका सामग्रीहरू समेत प्रदर्शनीमा राखिएको जानकारी दिइन्। सम्मेलनमा नेपालबाट आधा दर्जन व्यापारिक प्रतिष्ठानले आफ्ना उत्पादनहरू प्रदर्शनीमा राखेका थिए।

    सम्मेलनमा नेपाली हस्तकलाका सामग्रीहरूको साथै, शिल्पकला, बाँस र जुटका उत्पादनहरू, खेलकुदका कपडा, बुनेका कार्डिगन, हुडी, ज्याकेट, बुनेका स्कार्फ, स्वेटर, स्वेटशर्ट, प्यान्ट, ब्लेजर, मोजा, छाला झोला, ड्रेस मोजा, कम्प्रेसन मोजा, बाँसका मोजा, फेसन मोजा, मोटरसाइकल सुरक्षा कपडा बिक्रीमा राखिएका थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend